बनेपा, जनमत वाङ्मय प्रतिष्ठान नेपालको ३६ औँ वार्षीकोत्सव समारोह तथा प्रतिभा सम्मान कार्यक्रम शनिबार अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको छ । जनमत प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको सभापतित्व र नेपाल प्रज्ञापतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । नेपाल ललीतकाला प्रज्ञ प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, नेपाल संगीत नाटय प्रज्ञापतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ, बरिष्ठ राजनीतिज्ञ तथा लेखक दीनानाथ शर्मा, बरिष्ठ समालोचक राजेयन्द्र सुवेदी, बरिष्ठ कथाकार हरिहर खनालको विशिष्ट आतिथ्यता रहेको थियो । साहित्यिक क्षेत्रबाट राज्यलाई चनाखो बनाउने र समाजलाई सामाजिक चेतना र जागरण ल्याउन सहयोग पु¥याउने देशको विभिन्न जिल्लाबाट आउनु भएका साहित्यिक क्षेत्रका धरोहर प्रतिभाहरुलाई सम्मान सहित पुरस्कृत गरिको छ रविकिरण (निर्जीव चितवन) दीपा–जनमत सम्मान, राजशाक्य काठमाण्डौ, गणेश÷खिलकुमारी दुवाल–जनमत सम्मान, शेषराज सिवकोटी (दोलखा) हृदयचन्द–जनमत परिष्द साधक सम्मान, टंक उप्रेती (झापा), जनमत जनक प्रधान सेवा सम्मान, भागीरथी श्रेष्ठm (गुल्मी) केवलपुरे जनमत सम्मान, रीता ताम्राकार (सुनसरी), कमल सैँजू जनमत सम्मान, ठाकुर प्रसाद मैनाली (काभ्रे) जनमत राजभाई सहयात्री सम्मान, लक्ष्मी भट्टराई (मकवानपुर) भारती जनमत साहित्यिक पत्रकारिता सम्मान, यशु श्रेष्ठ (रौतहट) जनमत केदार÷सुदर्शन बाल साहित्य सम्मान, मुकुन्द उपाध्याय (सिन्धुली) जनमत–सिचि धर्म÷संस्कृति सम्मान, रामबहादुर पहाडी (पाल्पा) जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान, डा. राजेन्द्र कोजु (काभ्रे) जनमत दिपक बैद्य स्वास्थ्य सम्मान २०७५ बाट प्रतिभाहरु सम्मानित हुनुभएको थियो । यसैगरी ठाकुर बेलवासे (अर्धखाँची) दीपा–जनमत सम्मान, (कविता) सुरेश किरण काठमाण्डौ, गणेश÷खिलकुमारी दुवाल जनमत सम्मान, हरिराम जोशी (ललितपुर हृदयचन्द्र जनमत वरिष्ठ साधक सम्मान, नवराज पहाडी (लमजुङ) जनमत जनक प्रधान सेवा सम्मान, प्रा.डा. उषा ठाकुर )काठमाण्डौ) जनमत सम्मान शुलोचना मानन्धर धिताल (काठमाण्डौँ) कमला सैँजु जनमत सम्मान, सरोज खड्की (मोरङ) जनमत महेन्द्रलाल कलाकार सम्मान, रिता न्यौपाने पहाडी (कास्की) जनमत–राजभाई सहयात्री सम्मान, सावित्री श्रेष्ठ काठमाण्डौ, भारती जनमत साहित्यिक पत्रकारिता सम्मान, छायादत्त न्यौपाने (बगर पर्वत) जनमत केदार÷सुदर्शना बाल साहित्य सम्मान, प्रा.डा. रमेश चन्द्र अधिकारी धादिङ जनमत, सिचिधर्म संस्कृति सम्मान, प्रा.डा. गोविन्दराज भट्टराई (ताप्लेजुङ) जनमत मित्र अनुवाद राष्ट्रिय सम्मान प्रा.डा. सुमनराज ताम्राकार (काभ्रे) जनमत दिपक बैद्य स्वास्थ्य सम्मान २०७६ बाट सम्मान गरिएको थियो । श्रृजना दुवालले स्वागत मन्तव्य दिनु भएको कार्यक्रमको सञ्चालन साहित्यकार सूर्य प्रसाद लकजुले गर्नुभएको थियो ।
