देउपुर र मण्डनः कृषि र पर्यटन मुल लक्ष्यका साथ निरन्तर कार्य गर्दै आएको मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । काभे्र जिल्लाकै कान्छो नगरपालिका मण्डनदेउपुर नगरपालिकाले सुविधा सम्पन्न भवन निर्माण गरेको हो । करीब २९ रोपनी क्षेत्रफलमा १४ करोड २२ लाख ९४ हजार ९ सय ४२ ठेक्का सम्झौता भएको हो । विकोई जयमाता जेभी निर्माण व्यवसायी सँग २०७७ पुष १० गते सम्झौता भई २०७९ पुष १७ गते कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको कुरा आइतबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख टोकबहादुर वाईबाले जानकारी दिनुभयो । उक्त नवनिर्मित भवनमा साना ठूला सहित ६२ वटा कोठा, दुई वटा हल, प्रत्येक फ्लोरमा अपाङ्गता मैत्री शौचालय, महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण गरिएको छ । लिफ्ट जडान गरिएको छ । जेष्ठ नागरिकहरुले सम्बन्धीत शाखाहरुबाट नै सेवा लिन सकिने प्रबन्ध गरिएको नगर उपप्रमुख विष्णुमणि नेपालले बताउनुभयो । उक्त नवनिर्मित भवनको नगर स्थापना दिनकै अवसरमा आगामी फागुण २७ गते भव्य समारोहका बीच उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने कार्यक्रम तय भएको नगर प्रवक्ता पुरुषोतम बजगाईले बताउनुभयो । ९९ प्रतिशत कार्य भउको भएपनि निर्माण कम्पनीलाई २ करोड ५ लाख ३३ हजार भूक्तनी दिन बाँकी रहेको छ । उक्त कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल प्रतिनिधि सभा क्षेत्र नं २ का सांसद बागमती प्रदेशका मन्त्री लगायतको आतिथ्यता रहने नगरपालिकाले जनाएको छ । नेपाल पत्रकार महासंघ काभे्रकी उपाध्यक्ष सुनिता सापकोटा र जिल्लाका क्रियाशिल सञ्चारकर्मी र नगर कार्यपालिका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन निमिक्त प्रमुख प्रशासकीय अधिकृत पुष्पराज बजगाईले गर्नुभएको थियो ।
