जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका ४ स्थायी ठेगाना भएको राजु गुरुङले दोहोरो नागरिकता लिएको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्ला प्रहरी कार्यालय काभ्रेमा आवश्यक अनुसन्धानको लागि नियन्त्रमा लिएको जनाएको छ । स्थायी ठेगाना, बनेपा न.पा.वडा न.१४ बाट ना.प्र.प्र.न.३०–०१–७४–१०९७७ को जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी भएको नागरिकता र सोहि नागरिकताको आधारमा राहदानी लिएको देखिएको प्रहरीले जनाएको छ ।
स्थायी ठेगाना जि.काठमाण्डौ काठमाणडौ महानगरपालिका वडा न. ४ बाट ना.प्र.न.२७१०६०÷१२०२०५ को काठमाण्डौ जिल्ला प्रशा कार्यालयबाट जारी भएको नागरिकता र सोहि नागरिकताको आधारमा राहदानी लिएको देखिएको प्रहरीले जनाएको छ । निजले चितवन जिल्ला भरतपुर उपमहानगरपालिका –०९ स्थायी ठेगाना राखेर नागरिकता लिएको प्रहरीले जनाएको छ ।
