बनेपा नगरपालिकाले कृषकहरुको हित, कृषि उपजमा वृद्धि ल्याउन ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरेको छ । बनेपा वडा न.ं १ देखि १४ वडाका ६५ जना कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरेको जनाइएको छ । हाते ट्याक्टर वितरण कार्यक्रममा नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत धु्रवराज नेपाल, बनेपा नगरपालिका कृषि शाखा प्रमुख गणेश बहादुर थापा र कृषकहरुको उपस्थिती रहेको थियो ।
