श्री कालीदेवी मावि धुलिखेल ११ डाँडागाउँमा धुलिखेल नगरपालिकाका नगर प्रमुख एवम् आजको कार्यक्रमका प्रमुख अतिथि अशोककुमार ब्याञ्जुश्रेष्ठ द्वारा रिबन काटी शैक्षिक प्रदर्शनी मेलाको उद्घाटन गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख एवम् विशिष्ट अतिथि निराजन जंगम ,धुनपा सामाजिक विकास समिति संयोजक एवम् ३ नं वडा अध्यक्ष गणेश आचार्य, धुनपा११ नं वडा अध्यक्ष नारायण बडाल, धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरी, पूर्व वडाध्यक्ष विष्णु काभ्रेली, विव्यस अध्यक्ष श्री नारायण बहादुर तामाङ, संस्थापक प्रअ श्री भवानीशंकर शर्मा तिमल्सिना, संस्थापक अध्यक्ष देवी प्रसाद प्याकुरेल, पूर्व अध्यक्ष बद्धी प्रसाद प्याकुरेल, पूर्व अध्यक्ष एवम् विद्यालयको शैक्षिक उन्नयनको लागि खटिएका रबिन्द्र न्यौपाने, भ्भ्ऋ का राजेन्द्र कर्माचार्य र सर्मिला लगायत १२ वटा विद्यालयका ५०० विद्यार्थी, १०० जना जति शिक्षकहरुको बाक्लो उपस्थिति रहेको थियो । ४० भन्दा बढी स्टलहरुमा विद्यार्थीहरु आफैले तयार गरेका सामाग्रीहरुको रचनात्मक प्रस्तुति रहेको थियो । कार्यक्रमका, प्रअ रंजित कुमार राइ विद्यालयका विद्यार्थीहरुले आप्mनो प्रतिभा प्रस्तुत गरेकोमा प्रसम्सा गनुभएको थियो । शैक्षिक मेलामा शिक्षण सिकाइको सिप प्रयोगमा ल्याएको कुरा शिक्षक देवी गौतमले बताउनु भयो शैक्षिक मेलाकोको संयोजन शिक्षक होमकुमारी तामाङले गर्नुभएको थियो ।
