IMG-LOGO

एकीकृत साकोसको स्थापना दिवसमा हाजीरी जवाफ

 मंगल, फागुन १५, २०८०  ---

     पनौती । एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. पनौती ७ को १६ औं स्थापना दिवसको पनौती बसपार्क मानेश्वर मन्दिर परिसरमा आयोजित अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता २०८० सम्पन्न भयो । हाजिरीजवाफ प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, अतिथिहरुमा प्रायोजक रिलायन्स पेन्ट्स प्रा.लि.का प्रतिनिधी राकेशसुन्दर सैजू, पनौती न.पा. ७ नं.का वडाध्यक्ष सविन ताम्राकार, संस्थाका का.वा. अध्यक्ष चण्डेश्वरी मुनाकर्मी, लेखा संयोजक बालकृष्ण प्रजापति, संस्थापक अध्यक्ष लक्ष्मीनारायण ताम्राकारको उपस्थिति रहेको थियो ।

     प्रतियोगितामा ५ सामुदायिक विद्यालय र १० संस्थागत विद्यालयको सहभागीता रहेको थियो । तीन वटा समूहमा ५÷५ विद्यालयको छनौट चरणमा संचालन भएको प्रतियोगितामा प्रत्येक समूहबाट विजयी र उपविजयी गरी ६ वटा  विद्यालय अन्तिम चरणको प्रतिस्पर्धा भएको थियो । अन्तिम चरणको प्रतियोगितामा अरुणोदय अंग्रेजी मा.वि. प्रथम, काभ्रे इङ्लिस मा.वि. दोस्रो, भालेश्वर मा.वि. तेस्रो, नवरत्न मा.वि., कुशादेवी मा.वि. र पनौती बोडिङ् स्कूलले सान्त्वना स्थान हासिल गर्न सफल हुनु भएको थियो भने प्रथम, द्धितिय, तृतिय र सात्वना हुने विद्यालयलाई ट्रफीक्रकस, मेडल, प्रमाणपत्र सहित नगद क्रमश रु १००००, रु ६०००, रु ४००० र सान्त्वना २००० प्रदान गरिएको थियो ।

     कार्यक्रम संयोजक ज्ञानदास श्रेष्ठको सभापतित्वमा सचिब भरत राउलले समापन कार्यक्रम संचालन गर्नु भएको हाजिरीजवाफ प्रतियोगिताको प्रश्नपत्रहरु राष्ट्रबैकका उप निर्देशक लक्ष्मी नारायण ताम्राकारले तयार गर्नु भएको थियो साथै सो प्रश्नपत्र प्रतियोगितामा प्रस्तुत गर्ने भूमिका मदनसुन्दर गोच्छे, उत्तमकृष्ण ताम्राकार, बालकृष्ण प्रजापति, ज्ञानदास श्रेष्ठले गर्नु भएको थियो । साथै सभापतिबाट समापन कार्यक्रममा प्रतियागिता सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नु हुने मानेश्वरी म.म.सेन्टर, अरुणोदय आवासिय विद्यालय, रिलायन्स पेन्ट्स प्रा.लि. लयायत उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्नु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्