IMG-LOGO

हनुमान मन्दिर निर्माणको लागि श्रीमद्भागवत

 मंगल, फागुन १५, २०८०  ---

 

     धुलिखेल वडा नं – ११ पात्लेखेतमा हनुमान मन्दिर निर्माणको लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह २०८० को चौथो दिन सोमबार सम्ममा उत्साहजनक भक्तजनको सहभागिता रहेको हनुमान मन्दिर संरक्षक निर्माण समितिका आर्थिक संयोजक हरिप्रसाद धितालले जानकारी दिनुभएको छ । महायज्ञको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा धुलीखेल नगरपालिकाका उपप्रमुख निराजन जंगमले धार्मिक संगै पर्यटनलाई जोडेर हनुमानको मूर्ति स्थापना हुनुपर्नेमा जोड दिनुभयो । विगत ४०० वर्षदेखि पूजा आराधना हुँदै आएको हनुमान मन्दिर परिसरमा श्री हनुमान मन्दिर संरक्षण, निर्माण समितिको आयोजनामा श्रीमद्भागवत महापुराण सप्ताह सुरू भएको हो । फागुन ११ गतेदेखि १७ गतेसम्म सप्ताह सञ्चालन हुनेछ । महापुराणमा पण्डित विनोद सापकोटा प्रमुख वाचक र पण्डित मनिषशरण खनाल उपवाचकको रुपमा रहनु भएको छ । समुदायस्तरमै रकम, भौतिक सहयोग जुटाएर मन्दिर निर्माण गर्ने लक्ष्य भएकोले सकेको दान, सहयोग गर्न समितिले आग्रह गरेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्