IMG-LOGO

 नेपाल हृदयरोग निवारण प्रतिष्ठानको भवन बन्ने भो 

 मंगल, चैत ३१, २०७७  ---


    बनेपा, नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखा बनेपाको आफ्नै भवन बन्ने भएको छ । आइतबार एक कार्यक्रम बिच बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादेले भवनको शिलान्यास गर्नुभयो । बनेपा नगरपालिका वडा नं ८ नायकुमञ्च नजिकै नगरापलिकाले उपलब्ध गराएको ८ आना जग्गामा  ५ तले भवन बन्ने भएको हो । ३ करोड २५ लाख  लागतमा ५ तले भवन बन्ने छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाको २६ औँ बार्षिक साधारण सभा केन्द्रीय अध्यक्ष प्रचण्ड प्रधानले उद्घाटन गर्नुभयो । कार्यक्रममा सचिव टिकाभक्त भोछिभोयाले प्रगति प्रतिवेदन तथा भावि कार्य योजना र कोषाध्यक्ष रामप्यारी श्रेष्ठले आय व्याय विवरण  प्रस्तुत गर्नुभयो । प्रतिष्ठानका उपसभापति ग्रोबेन तौजलेले स्वागत मन्तव्य  दिनु भएको कार्यक्रममा बनेपा नगरपालिका वडा नं ८ वडा अध्यक्ष दानबहादुर मानन्धर, प्रतिष्ठान बनेपा शाखाका पूर्व अध्यक्ष हरिभक्त भोछिभोया, लायन्स क्लव अफ काभ्रे बनेपाका अध्यक्ष शुसनराज वंशी,  काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोके लगायतले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा रोटरी क्लव अफ धुलिखेलका प्रतिनिधि जयवहादुर राईले इसिजी मेशिन प्रतिस्ठान  बनेपपा शाखाका सभापति अशोक कुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । २६ औँ साधारण सभामा शिक्षा तथा स्वास्थ्य सेवी सम्मानित हुनु भएको छ । प्रतिष्ठान बनेपा शाखाका पूर्व सभापति विमललाल सिकु श्रेष्ठ स्मृति सम्मान स्वारुप शिक्षा क्षेत्रमा योगदान पु¥याउनु भएका बनेपाका राजेन्द्र गोविन्द जोशी, त्यस्तै गरी स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउनु भएका बनेपाकै रामेश्व मकै श्रेष्ठ सम्मानित हुनु भएको छ । २६ औँ बार्षिक साधारण सभाले अशोक कुमार श्रेष्ठको सभापतित्वमा १२ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृत प्रकाश कायस्थले गर्नुभयो । सदस्यहरुमा नवराज मानन्धर, ग्रुवेन तौजले, टिकाभक्त भोछिभोया, हरिशरण श्रेष्ठ, विद्धिबहादुर कर्माचार्य, तमप्यारी श्रेष्ठ, महेन्द्र जोशी, कमला कर्माचार्य, निर्मला कायस्थ, सत्यनारायण भालु र सर्वश्री अधिकारी रहनु भएको छ ।  कार्यक्रमको सभापतित्व प्रतिस्ठान बनेपा शाखाका सभापति अशोक कुमार श्रेष्ठले गर्नुभएको थियो ।  
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्