IMG-LOGO

बच्चा चोरी गर्ने पक्राउ

 मंगल, फागुन १५, २०८०  ---

     फागुन ११ गते काठमाण्डौंको थापाथली स्थित परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालको कम्पाउण्ड भित्रबाट काभे्रपलाञ्चोक चौरीदेउराली गाउँपालिका ३ घर भई हाल काठमाण्डौ कपन बस्ने वर्ष २२ की सविना श्रेष्ठले अस्पतालको बेडमा राखेको २६ दिनको आफ्नो छोरीलाई एक अपरिचित महिलाले मागेर बोकेको र बच्चालाई लिई फरार रहेको सम्बन्धमा बच्चा चोरीमा संलग्नको खोजतलास गर्ने क्रममा दैलेख नौमुले गाउपालिका १ घर भई काठमाडौँ काँडाघारी बस्ने २४ की मन कुमारी सिंह, निजका श्रीमान् २८ का नरेन्द्र मल्ल, निजकी दिदि शारदा शाहीलाई कागेश्वरी मनोहरा नगरपालिका ९ काँडाघारी स्थित निजहरु बस्ने डेराको कोठाबाट नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाईएको काठमडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । सो बच्चा उद्धार गरी अभिभावकको साथमा उपचारको लागि काठमाडौं मेडिकल कलेजमा उपचार भईरहेको छ । 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्