IMG-LOGO

काभे्र माविको गायन प्रतियोगितामा भइन् संगिता प्रथम

 मंगल, फागुन १५, २०८०  ---

     बनेपा, ६ बुडोलमा अवस्थित काभे्र माध्यामिक विद्यालयले गायन प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीहरुको गायन प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रमको फाइनलमा उत्कृष्ट १५ विद्यार्थीले आफ्नो प्रस्तुती दिएका थिए । काभे्र सिङ्गिङ आइडल सिजन ४ नामक कार्यक्रममा सुरुवाती छनोट चरणमा १०० जना भन्दा बढी विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेकोे थियो । विभिन्न चरण पार गर्दै उत्कृष्ट १५ जनाले फाइनलमा आफ्नो प्रस्तुती दिएका थिए ।

     कार्यक्रमका संयोजक शिक्षक उद्धव लुइँटेलका अनुसार प्रथम, द्धितीय, तृतीय र चौँथो स्थानमा विद्यार्थीहरु क्रमश संगीता तामाङ, उत्सव कार्की, आश्रिन तामाङ, र आकांक्षा तामाङले ट्रफि तथा प्रमाणपत्र हात पारेका थिए । उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल कुमार मानन्धर सहायक प्रिन्सिपल द्धय केशन श्रेष्ठ र विकास श्रेष्ठ द्धारा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको निर्णायकको रुपमा गायक सुरज थापा र विक्रम सुवाल रहनुभएको थियो । सुरज थापा नेपाल आइडल सिजन १ को उत्कृष्ट ६ प्रतियोगी मध्ये एक थिए । विद्यार्थीहरुको प्रतिभा उजागर गर्नुको निम्ति विद्यालयले यस्ता विभिन्न कार्यक्रमहरु गर्ने गरेको विद्यालयका प्रिन्सिपल कुमार मानन्धरले बताउनुभयो । कार्यक्रमको सञ्चालन विद्यार्थी सुस्मिता शाही ठकुरीले गरेकी थिईन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्