IMG-LOGO

जिल्ला बचत संघको सहयोग मानव कल्याणलाई

 मंगल, फागुन १५, २०८०  ---

     सहकारीहरुको छाता संगठन काभ्रेपलान्चोक जिल्ला बचत संघले सामाजिक उत्तरदायित्वको भुमिका निर्वाह गरेको छ । समाजमा पनि केही गर्नु पर्छ भन्ने उद्देश्यका साथमा सामाजिक काममा लागी परेको हो । अरुको आश्रयमा जीवन बिताउन विवश असहायहरुको लागि मानव कल्याण समाज सेवा घर प्रिय बनेर आएको छ ।

     बचत संघले मानव कल्याण समाज सेवा घरको संचालिका दिपिका खुलाल न्यौपानेलाई ४३,७५० रुपैयाँ हस्तान्तरण गरेको छ । अहिले समाजले झण्डै ८५ जना सडक पेटीमा आश्रित असहायहरुको पुनर्जीवन दिइरहेको आश्रमले जनाएको छ । बचत संघले पनौती नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सबिन ताम्राकारलाई वडामा भएको मठ मन्दिर, पाटी पौवा, सार्वजनिक स्थलका लागि भनेर १५ वटा नै डस्बिन हस्तान्तरण गरेको छ । त्यस्तै धनेश्वर महादेव मन्दिरमा भएको फोहोर व्यवस्थापनको लागि पुजारी बिदुर जंगमलाई ३ वडा डस्बिन, उग्रेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको अध्यक्ष प्रेम बैदारलाई ३ वटा फोहोर व्यवस्थापन गर्नेको लागि डस्बिन हस्तान्तरण गरिएको हो ।

     काभ्रेपलान्चोक जिल्ला बचत संघको अध्यक्ष उदयराम कायस्थको १ वर्षको भत्ता, संचालक समितिको १ दिनको भत्ता, कर्मचारीहरुको तर्फबाट केही रकम गरी मानव कल्याण समाज सेवा घरमा सहयोग हस्तान्तरण गरिएको संघका प्रबन्धक गुरुप्रसाद ढकालले बताउनु भयो । सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला बचत संघको उपाध्यक्ष सागरनाथ कपाली, कोषाध्यक्ष जीवन श्रेष्ठ, संचालक सदस्य ज्ञानु दाहाल लगायत कर्मचारीहरुको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्