IMG-LOGO

प्रगतिप्रभात एकेडेमिको अभिभावक दिवस

 मंगल, फागुन १५, २०८०  ---

 

     सृजनात्मक शिक्षण सिकाई नै प्रमुख उद्देश्यले हो भन्ने मुल अभिप्रायले अघि बढेको प्रगति प्रभात एकेडेमी माध्यामिक विद्यालयको अभिभावक दिवस, वार्षिकोत्सव एवं एसईई, विदाई तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार विद्यालय प्राङ्णमा सम्पन्न भयो । सञ्चालक सदस्य अशोकरत्न शाक्यको सभापतित्व तथा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख देवका ढकालको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल चन्द्रप्रसाद ताजपुरियाले शैक्षिक प्रगतिको बारेमा प्रस्तुत गर्नुभयो । प्याब्सन जिल्ला समिति काभे्रका अध्यक्ष श्याम भुजेल, सामुदायिक रेडियो प्रसारक संघ काभे्रका संयोजक रमेशप्रसाद न्यौपाने, सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशका अध्यक्ष विनोद सापकोटा लगायतको आतिथ्यता रहेको थियो । विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालयमा प्लेगु्रपदेखि कक्षा १२ सम्म ९ सय ९० जना विद्यार्थीहरु  अध्ययनरत छन् । कार्यक्रमको सञ्चालन इश्वरी धितालले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्