IMG-LOGO

नक्कली बजार अनुगमनकर्ता दुई पक्राउ

 मंगल, फागुन १५, २०८०  ---

     बनेपामा नक्कली बजार अनुगमनकर्ता बनेर ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।  कनक्कली बजार अनुगमनकर्ता बनेर ठगी गर्ने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–७ का ५० वर्षीय वासुदेव न्यैपाने र ५२ वर्षीय रोशन पोखरेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभे्रका  सुचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । माघ १२ गते बनेपा नगरपालिका–५ घसिला मार्गस्थित उपभोक्ता मञ्च नेपालबाट अनुगमन गर्न आएको भन्दै उनीहरूले पहिलोपटक ठगी गरेका थिए । निजहरुबाट उपभोक्ता मञ्च नेपाल संस्था नाम लेखी बनाईएका निजका नामका परिचय पत्र २ थान्, नोकिया कि प्याड मोबाइल १ थान्, इन्टेक्स स्क्रीन टच मोबाइल एक थान्, स्यामसुङ् स्क्रीन टच मोबाईल एक थान् र नगद रु तीन हजार पाँच सय बरामद भएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । त्यस्तै, मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ विपरीत ठगी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्