IMG-LOGO

बेथानचोकमा नयाँ मेलमिलापकर्ता तालिम

 मंगल, फागुन १५, २०८०  ---

   बेथानचोक गाउँपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न भएको छ । फागुन २ देखि ९ गतेसम्म सञ्चालित तालिममा गाउँपालिकाका ६ वटै वडाका गरी ३० जनालाई तालिम दिइएको न्यायिक समिति संयोजक एवं गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिनुभयो । बुधबार तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै उहाँले तालिम लिए सँगै संवादका माध्यमबाट समाधान खोज्न सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेको न्यायिक समितिले विवाद निरुपण गर्ने अधिकार राख्ने मात्र नभई नागरिकमा न्याय घरदैलो सम्म पु¥याई सामाजिक सदभाव कायम गर्ने भएकाले समाजमा विद्यमान समस्याहरुलाई मिलाउने भएकाले मेलमिलापकर्ताहरुले मुद्दा मिलिसकेपछि तुषका खाटा समेत नबस्ने खालको वातावरण सिर्जना हुनेगरी काम गर्नुपर्ने धारणा राख्नुभयो । चालु वर्षमा जिल्लाका १३ वटै स्थानीयपालिका मध्ये न्याय सम्पादनमा बेथानचोक पहिलो भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । यस आर्थिक वर्षमा कूल ३६ वटा मुद्दा आएकोमा १० वटा मौखिक मिलान भएका,  २६ वटा मुद्दा दर्ता भएका, १० वटा मिलापत्र भएको, ८ वटा निर्णय फैसला भएको, २ वटा डिसमिस भएका, एउटा खारेज भएको, २ वटा मुद्दा फिर्ता भएको र ३ वटा मुद्दा चालु रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले समितिलाई दिएको क्षेत्राधिकारको प्रभावकारी प्रयोग, अपनाउने कार्यविधिको मापदण्ड, स्वच्छ सुनुवाइ र निष्पक्ष भूमिका निर्वाह गर्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो । मुख्य प्रशिक्षक रमिला हुमागाईले सबैले जित्ने वातावरण बनाएर काम गर्न र फाटेका सम्बन्धलाई सियोले झैं जोडेर राख्ने वातावरण बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष एवम् न्यायिक समिति सदस्य कुबेर ढकाल, न्यायिक समिति सदस्य एवं कार्यपालिका सदस्य दिलकुमारी तामाङ लगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्