IMG-LOGO

आफैं भित्र खुसी खोजौं

 मंगल, फागुन १५, २०८०  ---

     जीवन विज्ञान जिल्ला परिषद् काभे्रको आयोजनामा बनेपा नगरपालिकाको सहकार्यमा शनिबार पूर्ण स्वास्थ्य विज्ञानको बारेमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । श्रद्देय भानु गुरुले मन, वचन, र कर्मले आफैं भित्र खुसी खोजेर जगतलाई नै खुसी बनाउने अभियानमा जुट्नुपर्ने तर्क गर्नुभयो । मनको मन्त्रालयलाई सधैं खुसी र सुखी राखेमात्र मानव शरिर स्वस्थ्य हुने, दुःखी मनले सेवा प्रवाह गर्न नसकिने भनाई राख्नुभयो । स्वास्थ्य, सुख, साहस, पे्रम, ज्ञान, ध्यान, परम आनन्दको ७ श्रोतले जीवनलाई सकारात्मक बाटोमा डो¥याउने श्रद्देय गुरु भानुले उल्लेख गर्नुभयो ।

     बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व जीवन विज्ञान जिल्ला परिषद् अध्यक्ष रुपा थापाले गर्नुभएको थियो । प्रमुख अतिथि शान्तिरत्न शाक्यले मन शुद्ध र सत्कर्मको बाटो पहिल्याउन कक जीवन विज्ञान आवश्यक रहेको, विकास र समृद्धि बनाउन मानिसको सोच सकारात्मक, चरित्रवान हुन आवश्यक रहेको बताउनुभयो । नगरपालिकाको १४ वटै वडामा जीवन विज्ञानकोे ज्ञान फैल्याउन नगरपालिकाले पहलकदमी थाल्ने नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, व्यवसायी, शिक्षा सेवी र सञ्चारकर्मीहरुको  सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन दिक्षा थापाले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्