काभ्रे जिल्लाकै जेठो शैक्षीक संस्था काभ्रे बहुमुखी क्याम्पस ४२ वर्ष पुरा गरि ४३ वर्षमा प्रवेश गरेको उपलक्षयमा शनिबार क्याम्पसले एक कार्यक्रमको आयोजना गरेको थियो ।
क्याम्पस संचालक समिति अध्यक्ष लम्बोधर कायस्थको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमति प्रदेश साम्सद कन्चन चन्द्र बादे प्रमुख अतिथि एवं बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य बिशेष अतिथि हुनुहुन्थ्यो । समारोहमा बनेपा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष सचितान्द केसी, क्याम्पस संचालक समिति सदस्यहरु ,प्राध्यापक लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न प्रतियोगितामा सफल हुन सफल बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुका साथै विभिन्न संकायमा उत्कृस्ट हुन सफल बिद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।
प्रमुख अतिथि बागमति प्रदेश साम्सद माननीय कन्चन चन्द्र बादेले काभ्रे बहुमुखी क्याम्पसले ४२ वर्षको यो अवधिमा थुप्रै आरोह अवरोह पार गर्दै सफलता पुर्वक अगाडी बढीरहेकोमा क्याम्पस परिवारलाई धन्यवाद एवं बधाई दिएका थिए । नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले भने क्याम्पसमा नगरपालिकाको सहयोगमा कबडहल बनाउन लागियको जानकारी गराए । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख के जी बैदारले शैक्षिक क्षेत्रमा महत्वपूर्ण क्रान्ति ल्याउन आवश्यक रहेको बताउदै तेस्को लागि काभ्रे बहुमुखी क्याम्पसमा विभिन्न नयाँ नयाँ बिषयको अध्यापन गराउने तयारी भइरहेको बताए । कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न संस्कृतिक कार्येक्रमहरु समेत प्रस्तुत गरेका थिए ।
