बागमती ईङ्गलिश बोर्डिङ्ग स्कुलको २४ औ बार्षिकोत्सव, अभिभावक दिवस, दिक्षान्त तथा पुरस्कार वितरण समारोह प्याब्सन केन्द्रिय उप महासचिव भिमसेन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रताप बैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल दिपेन्द्रबहादुर विष्टले विद्यालयका शैक्षिक उन्नती, शिक्षण सिकाईका उपलब्धीको बारेमा प्रकाश पार्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्याब्सन केन्द्रिय उप महासचिव भिमसेन केसीको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयका अध्यक्ष प्रताप बैद्यको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर तामाङ, प्याब्सनका बरिष्ठ उपाध्यक्ष महेन्द्र थिङ्ग, पुर्व अध्यक्ष तथा पुर्व केन्द्रिय सदस्य सत्यनारायण श्रेष्ठ, विद्यालयका संचालकहरु कृपेन्द्र श्रेष्ठ, राजन मानन्धर, कैलाश पलाञ्चोके, पुर्व विद्यार्थी निपाशा कुँवर, अभिभावक विष्णुमाया पुलामी, मानवअधिकारकर्मी एवं पुर्व अभिभावक भोजराज तिमल्सिना अभिभावकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा युकेजी अध्ययनरत ५४ जना बालबालिकाहरुलाई दिक्षित गरिएको थियो । विद्यालयले आगामी शैक्षिक सत्र देखि कक्षा ११ र १२ संचालन गर्ने गरी गृहकार्य गरिरहेको अध्यक्ष प्रताप बैद्यले बताए । कार्यक्रम शिक्षिका रुचि मानन्धरले संचालन गरेकी थिईन् । सोहि अवसरमा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
