IMG-LOGO

दुग्ध उत्पादक कृषकहरुद्वारा अरनिको राजमार्गमा चक्काजाम गर्ने चेतावनी

 मंगल, फागुन १५, २०८०  – हरिनाथ न्यौपाने

     काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले विभिन्न मागहरु राख्दै  प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा लाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष नारायणप्रसाद बडाल, केन्द्रिय दुग्ध सहकारी संघका संचालक सदस्य केशवप्रसाद सापकोटा र केन्द्रिय दुग्ध सहकारी संस्था लिमिटेडका लेखा सदस्य शिवप्रसाद कोईरालाले हस्ताक्षर गरेको ज्ञापनपत्रमा  फागुन १०, ११ र १२ गते जिल्ला दुग्ध उत्पादक सहकारी संघको आयोजनामा दुग्ध उत्पादक सहकारी संस्था, डेरी उद्यमी, कृषक तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल, प्रचार प्रसार र आन्दोलनमा सहभागिताका लागि आब्हान गर्ने कार्यक्रम सम्पन्न भएको उल्लेख छ । त्यस्तै फागुन १४ गते जिल्ला प्रशासन कार्यालय काभ्रेमा ज्ञापनपत्र बुझाउने र त्यस अघि ¥याली, धर्ना गर्ने,  फागुन १७ गते अरनिको राजमार्गको बनेपा चारदोवाटोमा १२ बजे देखि २ बजेसम्म शान्तिपूर्ण चक्काजाम गर्ने, फागुन २१ गते माईतिघर मण्डलामा देशभरीका कृषक, दुग्ध उत्पादक सहकारी संस्थाहरुको अगुवाईमा धर्ना तथा विरोधका कार्यक्रमहरु गर्ने र माग पुरा नभए सम्म धर्ना कार्यक्रम जारी राख्ने उल्लेख छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापन पत्र बुझाउँदै अध्यक्ष नारायण प्रसाद बडालले समस्या र आन्दोलनको बाध्यता सहितको बारेमा जानकारी गराउनुभएको थियो ।  विगत १ वर्ष देखि दुध विक्रि हुन समस्या भैरहेको र हाल दुग्ध विकास संस्थामा (डि.डि.सि.) तथा निजी डेरीहरुले दुधको विगत २ देखि ४ महिनाको भुक्तानी रकम नदिएको र दुध विक्रिबाट प्राप्त हुने भुक्तानी रकम नपाउनाले कृषकहरुलाई पशु आहारा जस्तै घाँस, पराल, भुसा, दाना, चोकर, ब्रान्ड, खरिद गरी खुवाउन नसक्ने अवस्था सृजना भएको साथै बैंक तथा वित्तिय संस्थाहरुबाट पशुपालनमा लिएको कर्जाको साँवा व्याज किस्ता समेत रोकिएको किसानहरुको गुनासो रहेको छ । सरोकारवाला निकाय हरुबिच कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा भएको छलफलमा मन्त्रालय सकारात्मक भै मागहरु पुरा गर्ने गरी २०८० मंसिर २६ गते गरेको सहमती समेत कार्यान्वयन नभएको संघको दाबी रहेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्