IMG-LOGO

दिन दहाडै स्कुटी चोरी

 मंगल, फागुन १५, २०८०  ---

           बनेपा न.पा. वडा नं. ७ स्थित चार दोबाटो चोकबाट दिनको ३ बजेको समयमा पार्किङ गरेको स्थानबाट बा.प्र.०२–०२५ प ५५९५ नं. को रातो रङ्गको होण्डा दियो कम्पनिको स्कुटर हराएको जिल्ला प्रहरी कार्यालय काभ्रे धुलिखेलले  जनाएको छ । सि.सि. क्यामेराको फुटेजको सुक्ष्म विश्लेषण तथा अनुसन्धान पश्चात उक्त स्कुटर चोरी गरी लाने ब्यक्तिको पहिचान गरी खोज तलास गर्ने सन्दर्भमा मिति फागुण १२ गते जिल्ला धादिङ थाक्रे गाउँ पालिका वडा नं. ६ महादेववेशीबाट धादिङ प्रहरी संगको समन्वयमा उक्त स्कुटर चोरीमा संलग्न निम्न ब्यक्ती तथा चोरीको स्कुटर समेत बरामद गरी चोरी कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट दिन ५ (पाँच) को म्यादथप अनुमति लिइ थप अनुसन्धान कार्य भई रहेको जनाएको छ । जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं. ११ बस्ने बर्ष २२ को बिष्णु भट्टराई चोरीमा सम्लग्न रहेको प्रहरीले जनाको छ ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्