IMG-LOGO

प्रभाव र दवावमा कार्य गर्दैनौ प्रहरी उपरीक्षक ः खड्का

 मंगल, फागुन १५, २०८०  ---

           काभ्रे प्रहरी प्रमुख एसपी बशुन्धरा खड्काले शान्ति सुरक्षा कायम गर्ने ,अमनचयन स्थापना गर्ने, आर्थिक, सामाजिक र साइबर अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालयमा आईतवार आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै एसपी खड्काले तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा कुनै पनि सम्झौता नहुने र प्रभाव र दवावमा केहिपनि नगर्ने बताउनुभयो । आपराधिक गतिविधि नियन्त्रण गर्न शून्य सहनशिलतामा बसेर आफू काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाले अपराधमुक्त एवं भयमुक्त वातावरण निर्माण गर्न पत्रकार, नागरिक समाज र सर्वसाधारण जनताहरुको सहयोग प्रहरीलाई अनिवार्य आवश्यकता भएको धारणा राख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना,पुर्ब अध्यक्ष मोतीराम तिमल्सिनाले सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्ने भन्दै जिल्लाको समग्र शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रमुखलाई आग्रह गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्