धुलिखेल नगरपालिका र शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय बीच स्पेश्मेकर स्थापना गर्ने बारे सम्झौता भएको छ । स्थानीय उत्पादनलाई व्यवसायिक र उद्यमशीलता बिकास गर्नको लागि आइटी प्रबिधिबाट सिप बिकास गर्नेछ । आइतबार नगर प्रमुख अशोक व्याञ्जु, मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर हस्ताक्षर गरी दुई पक्ष बिच सम्झौता भएको छ ।
