IMG-LOGO

सुन तस्करका नाइके पक्राउ

 बुध, फागुन १६, २०८०  ---

           काठमाडौं । डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गुरुङलाई पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता एसपी होवीन्द्र बोगटीले गुरुङलाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको जानकारी दिए । गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा विमानस्थलमा १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई जीवनकुमारले परिचालन गरेको खुलेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्