‘काभ्रेका लागि केही गरौं’ भन्ने नारा बोकेर स्थापना भएको काभ्रेली मन भएकाहरुको साझा सस्था काभ्रे सेवा समाजको आठौ साधारण सभा शनिबार बानेश्वर काठमाडौँमा सम्पन्न भयो । समाजका अध्यक्ष केशव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष जीवनप्रभा लामाले गर्नु भएको सभामा प्रमुख अतिति लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली हुनुहुन्थ्यो । संस्थाको सफलाताका लागि शुभकामना मन्तव्य दिनेहरुमा सचिव गोपीनाथ मैनाली , पूर्व गृहसचिव जनार्जन नेपाल महासचिवको प्रतिवेदन निमराज जोशी कोषाध्यक्षको प्रतिवेदन बिना श्रेष्ठले गरेकी थिइन् । संस्थाका आजीवन सदस्य विनोदकुमार गुरागाईंको संयोजकत्वमा निर्वाचन समितिले १७ जना पदाधिकारीहरुको निर्बिरोध समिति घोषणा गर्दै सपथ ग्रहण गराएका थिए । जसमा अध्यक्ष नारायण महत क्षेत्री बरिष्ठ उपाध्यक्ष जीवनप्रभा लामा उपाध्यक्ष पूर्ण सिह खड्का महा–सचिव मधुसुधन गुरागाई सचिव रागवासिः थापा कोषाध्यक्ष बिना श्रेष्ठ सदस्यहरु हेमकुमार श्रेष्ठ मनिराज श्रेष्ठ कमलप्रसाद तिमल्सिना गोविन्दप्रसाद गौतम लवराज जोशी रेश्मा बुद्धाचार्य उर्मिला कोइराला सफला खड्का मदनबहादुर क्षेत्री अशोशोक कुमार थापा राजानन्द माण्डव्य निर्बिरोध भएको घोषणा गरिएको सभामा संस्थापक अध्यक्ष प्रल्हाद केसीले काभ्रेको समृद्धिका लागि सस्थाको स्थापनाकाल कार्यहरु गरेको , विनासकारी भुकम्पका काभ्रेका पीडितहरुलाई सहयोग कुरा राख्नु भएको कार्यक्रममा अध्यक्ष केशव थापाले आफ्नो कार्यकालमा गरेका कामको समीक्षा गर्दै नयाँ कार्य समितिलाई जारी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भयो । संस्थाको हरेक दुई वर्षमा नयाँ कार्यसमितिको चयन गर्ने सस्थाको बिधानमा उल्लेख छ । २०८ आजीवन सदस्य रहेको सस्थामा सस्थाका अत्याधिक संस्थापक सदस्य आजीवन सदस्य तथा काभ्रेका प्रतिष्ठित व्यक्तित्वहरुको सभामा उल्लेख्य उपस्थिति रहेको थियो ।
