IMG-LOGO

एविएम स्कुलको २०औं अभिभावक दिवस

 मंगल, फागुन ८, २०८०  ---

    शैक्षिक विकासको गन्तव्य नै गुणस्तिरीय शिक्षण सिकाई गर्न हो भन्ने अभिप्रायले निरन्तर लागि परेको एविएम स्कुल बनेपाको २० औं अभिभावक दिवस एवं विविध साँस्कृतिक कार्यक्रम सहित शनिवार सम्पन्न भयो । काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालयका निमित्त निर्देशक डा. हेमराज कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद काप्mलेको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि कोइरालाले विद्यार्थीहरुको शिक्षण सिकाइको मापन भनेको उनीहरुले प्राप्त गरेको शैक्षिक उपलब्धी व्यवहारमा लागु गरेर जीवनलाई सुखमय बनाई परिवार र समाजको लागि योग्य नागरिक बन्नु रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा प्याब्सन काभे्रका अध्यक्ष श्याम भुजेल अतिथि हुनुहुन्थ्यो । विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले एविएम स्कुलले बालबालिकाहरुलाई सृजनात्मक शिक्षण सिकाई गरी उद्यमी र व्यवसायी बनाउन उत्पे्ररित गरेको बताउनुभयो । विद्यालयमा हाल कक्षा नर्सरी देखि कक्षा १२ सम्म ९ सय ५ विद्यार्थीहरुले अध्ययन गर्छन् । आफ्ना बालबालिकाको शिक्षण प्रतिभा साँस्कृतिक कार्यक्रममा नृत्य, विविध कला कौसलताको प्रस्तुतिले अभिभावकहरु मखिँदै, गफिँदै आनन्दित भएर हाँसेको चेहेरा देखिन्थ्यो ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्