पनौती ११ बल्थलीलाई नगर प्मुख रामशरण भण्डारीले एक भव्य कायृक्रकबो बीचमा बालश्रम मुक्त वडा घोषणा गर्नुभयो । अन्तिराष्ट्रिय संस्था क्ष्ीइ र पनौती नगरपालिकाको सहकार्यमा वडा नं ११ बल्थली काभे्र जिल्लाकै पहिलो बालश्रममुक्त वडा घोषणा भएको हो । बल्थलीलाई बालश्रममुक्त वडा घोषणा गर्नका लागि पनौती नगरपालिका वडा नं ११ का जनप्रतिनिधि, समाजसेवी, हेटल व्यवसाय, शिक्षक, तथा बालसहजकर्ता कोकिल गिरीको पहलमा विगत ७ महिनादेखि पहल गरिएको थियो । एक घर एक प्रतिनिधिको अभियान लिएर सजकर्ता प्रत्येक वडा वासिको घरदैलो पुगेर बाल श्रमको बारेमा बुझाउनुभएको थियो ।
श्रममा बालबालिकाको प्रयोगले कयौं बालबालिकाहरु आधारभूत तथा मौलिक अधिकार, शिक्षा, स्वास्थ्य र परिवारसँग बस्ने अधिकारबाट बञ्चित छन् । श्रम शोषण, कार्य क्षेत्रमा हुने हिंसा, भेदभाव र यौनजन्य हिसां, स्वास्थ्य तथा शिक्षाको अभाव र आमाबाबुसँग टाढा बस्नुपर्ने बाध्यताले बालबालिकाका मौलिक अधिकार हनन भएका छन् । १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई श्रममा लगाउन नपाइने कानुन छ । तर गरिबिका समस्याले गर्दा कायौँ बालबालिका श्रममा प्रयोग भईरहेका छन् । खुसीको कुरा पनौती ११ बल्थलीका कुनै पनि बालबालिका श्रममा प्रयोग भएको तथ्याङ्क पाइएको छैन । पनौती बल्थलीको यो कार्य हरेक वडा र नगरपालिकाले अनुसरण गर्नुपर्ने देखिन्छ ।
