नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभे्रको ३० औ स्थापना दिवस तथा २९ औ वार्षिक साधारणसभा शनिबार कायस्थ बैंक्वेटमा सम्पन्न भएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा.सत्यनारायण सुवालको प्रमुख आतिथ्यता एवं जिल्ला अध्यक्ष अशोककुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रतिष्ठानका सचिव सिद्दिबहादुर कर्माचार्यले आ.व २०७९/०८० को तथा हाल सम्मको प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामप्यारी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा धड्कन नामक स्मारिका विमोचन समेत गरिएको थियो । सोहि अवसरमा स्वर्गिय विमललाल सिकु श्रेष्ठ स्मृति शिक्षा सेवी सम्मान पुरस्कार दामोदर अधिकारी, विष्णु कुँवर क्षेत्रीलाई प्रदान गरियोे भने स्वर्गीय विमललाल सिकु श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कारबाट मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोँजु, रामेश्वर मकै तथा विष्णुदेवी मकै, काभ्रे जिल्ला स्तरीय उत्कृष्ट महिला परिचारिका स्वास्थ्यकर्मी पुरस्कारबाट स्वास्थ्य परिचारिका तुलसीदेवी मानन्धरलाई सम्मान गरिएको थियो । कार्यक्रममा मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मि, प्रतिष्ठानका निवर्तमान केन्द्रिय अध्यक्ष बलराम न्यौपाने, काठमाडौं शाखाका सभापति बलराम श्रेष्ठ, काभे्रका पूर्व सभापति हरिभक्त भोछिभोया, उपसभापति गु्रवेन तौजले लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव सिद्धिबहादुर कर्माचार्यले गर्नुभएको थियो ।
