नृत्य निर्देशन संघ नेपालको आयोजनामा देशको ७७ वटै जिल्लामा २०८० फागुण ६ गते नृत्य दिवस विविध सांस्कृतिक झाँकी सहित र्याली गरी मनाएको छ । नृत्य निर्देशक संघ नेपाल काभ्रेले पनि आइतबार बनेपा नगर परिक्रमा गरी लायकुमञ्चमा कार्यक्रम सम्पन्न गरेको कुरा अध्यक्ष अमरकृष्ण चन्द्रले बताउनु भयो । तेस्रो राष्ट्रिय नृत्य दिवसमा २०८० मा नृत्य सँग सम्बन्धीत संघ, संस्था, कला संस्कृतिको जगेर्ना गर्नेहरुको र्याली कार्यक्रममा सहभागीता रहेको थियो । नृत्य निर्देशक संघ काभ्रेका निवर्तमान अध्यक्ष मोहन तौजले लगाएतको सहभागीता रहेको थियो ।
जिल्ला बचत संघ काभ्रेको स्वागत
जिल्ला बचत संघ काभ्रेले राष्ट्रिय नृत्य दिवसको अवसरमा र्यालीमा आउनुभएका लोक संस्कृति कलाकर्मीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा सहभागीहरुलाई जुस वितरण गरी सामाजिक उत्तरदायित्व अन्तरगत कार्य गरेको छ । आइतबार उक्त र्याली कार्यक्रममा जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायष्ठ, समिति उपसमितिका पदाधिरकारी र बचत संघका प्रबन्धक गरुप्रसाद ढकाल लगाएतको उपस्थिति रहेको थियो ।
