IMG-LOGO

तरुण दल केन्द्रीय सदस्य सुधीरद्वारा आगलागि पिडितलाई राहत प्रदान

 मंगल, फागुन ८, २०८०  ---


    बनेपा नाला, नेपाल तरुण दलका केन्द्रीय सदस्य सुधीर वैद्यले आगलागि पिडितलाई सहयोग गरेका छन । बनेपा नगरपालिका वडा नम्बर ३ राईमाले बस्ने पुरुषोतम दंगालको घर, गाईगोठमा केही दिन अगाडि आगो लाग्दा चौपाया लगायत घर, गोठभित्र राखिएका खाद्यान्नका सामानहरु सवै जलेको थियो । वैद्यले दैनिक काम गरेर ल्याएको खाद्यान्न पूणर् रुपमा जलेपछि परिवारलाई खाद्यान्न सामाग्री, पाँच हजार रकम सहयोग गरेका हुन ।उनले आगामि दिनमा पिडितलाई आबस्यकता अनुसार सहयोग गर्ने समेत प्रतिबद्वता ब्यक्त गरेका छन । केन्द्रीय सदस्य वैद्यले राहत बितरण गर्दै दुखद घटना हुन पुगेको बताउदै दुखको घडीमा सानो सहयोग पुगोस भनेर सहयोग गरेको बताए । राहत हस्तान्तरण कार्यक्रममा तरुण दलका जिल्ला उपसभापति बिजेन रन्जित, अभियन्ता नवीन जङ पाण्डे, बनेपा तरुण दलका नगर सभापति बिबेक बैजु, सचिव राज घिमिरे, वडा सभापति हरि श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्