IMG-LOGO

वृहत काभे्र कृषि महोत्सव भव्य र सभ्यरुपमा सम्पन्न

 मंगल, फागुन ८, २०८०  - हरिनाथ न्यौपाने

    बृहत्त काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० भव्यताका साथ बनेपामा सम्पन्न भएको छ । सोमबार लायकु मञ्चमा आयोजित औपचारीक समापन कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ठ अतिथि काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले प्रविभिमैत्री कृषि प्रणाली तर्पm युवाहरुलाई जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो । काभ्रे जिल्ला कृषि र पशुपालन सँगै शैक्षिक क्षेत्रको हव बनिसकेकोले व्यवहारिक शैक्षिक पद्धतिमा जोड दिनुभयो । आयोजक जिल्ला सम्मन्वय समितिका प्रमुख दिपक कुमार गौतमले ४ दिने महोत्सवमा ६० हजार भन्दा वढि दर्शकले स्टल अवलोकन गरेको र ३० हजार भन्दा वढीले सांस्कृतिक कार्यक्रममा भाग लिएको जानकारी दिनुभयो । २ करोड बराबरीको आर्थिक कारोबार भएको समेत बताइएको छ । महोत्सवको अवसरमा आयोजित कृषक तालिम अन्तक्रिया कार्यक्रममा ३ सय भन्दा बढी कृषकहरु सहभागी भएका थिए । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य लगाएतको उपस्थिति रहेको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकारहरु बद्रि पगेंनि, नवराज घोरासाइने, मनिषा घोरासाइने, खुमन अधिकारी लगायत कलाकारले समापन कार्यक्रममा मनोरञ्जन प्रदान गरेका थिए । कृषि बिकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले सञ्चालन गर्नुभएको कार्यक्रममा जिसस उपप्रमुख रिमबहादुर तामाङले स्वागत मन्तव्य राख्नुभयो भने पशु सेवा कार्यालयका नि. प्रमुख डा. श्रृजा वाग्लेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त समारोहमा चर्चित कालाकारहरु शान्ती श्री परियार, रचना रिमाल, एलिना चौहान, रामहरी न्यौपाने, मच्छेस्वर सापकोटा, हाँस्य व्यङ्य कलाकार मनोज गजुरेल लगाएतले सांगेतिक प्रस्तुती गरेका थिए । कार्यक्रमको संचालन गायक मञ्जु पौडेल र सञ्चारकर्मी सचित खड्काले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्