धुलिखेल नगरपालिकाले शनिबार स्थानीय कला संस्कृति झल्कीने विभिन्न झाँकी प्रर्दशन, योगदान गर्नेहरुलाई तथा शुभकामना सम्मान गरी आफ्नो ३८ औ स्थापना दिवस मनाएको छ । लाखे नाच,खैजेडी भजनसहितको झाँकी तथा र्याली पश्चात धुलिखेल नगरपालिकाको सभाहलमा औपचारीक समारोह आयोजना गर्यो । यो पटकको समारोहमा कुनै मन्त्री,सांसद प्रमुख अतिथिको रुपमा विना नै स्थापना दिवस मनाएको छ । नगरपालिकाले नगरभित्र बसोबास गर्ने विभिन्न समुदायबाट प्रतिनिधित्व गर्ने सात कन्याहरुलाई प्रमुख अतिथि बनाएर फरक किसिम अपनायो । यसरी नगरको समग्र अनुहारको प्रतिनिधित्व गरेका सात कन्याहरुद्वारा समारोहको उद्घाटन गरिएको थियो । प्रमुख अतिथिको रुपमा आशनग्रहण गराएका बालक्लव सञ्जालकी दिविसा श्रेष्ठ,सिद्धार्थ बालगृहकी टुहुरी बालिका खुशी परियार,मजदुर परिवार रोजिना तामाङ, अपाङता भएकी बालिका शिरीषा तामाङ,दलित बालिका प्रसंशा विक,मगर समुदायकी बालिका अनुघा थापा मगर,नेवारी समुदायकी बालिका ऋषिमा श्रेष्ठले समारोहको उद्घाटन गर्नुभएको थियो । जिल्ला समन्वय समिति काभे्रका प्रमुख दिपक गौतम विषिश्ट अतिथि हुनुहुन्थ्यो ।
नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख निराजन जंगमले स्वागत गर्नुभएको थियो ।सम्मानित ब्यक्तित्व चण्डीप्रसाद श्रेष्ठ र बरिष्ठ संगितकार सुरेश अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएकोे थियो । समारोहमा बोल्दै जिल्ला समन्वय समिति प्रमुख दिपकुमार गौतमले धुलिखेल प्रशासनिक, पर्यटकिय क्षेत्र भएकाले थप मजवुद विकसित र मर्यादित गर्न नगरपालिकाको प्रयास प्रसंशनिय रहेको बताउनुभयो । उहाँले धुलिखेलको समृद्धिका लागि नगरले लिएका लक्ष्यहरु पुरा गर्ने गरी भएको सक्रियतालाई निरन्तरता दिन सुझाव समेत दिनुभयो । समारोहमा नगरप्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिकाको प्रयास,उपलब्धी र भावी कार्यदिशा समेत समेटिएको स्मारिका सार्वजनिक गर्नुभएको थियो । समारोहमा धुलिखेलको पहिचान प्रवद्र्धन तथा नगरको विकासमा विभिन्न क्षेत्रबाट योगदान योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित ब्यक्तित्व चण्डीप्रसाद श्रेष्ठले धुलिखेलले इतिहासलाई संरक्षण गर्न र पुरातत्व तथा नयाँ प्रविधिलाई समेत सँगसँगै लैजान ध्यान दिनु पर्ने बताउनुभयो । बरिष्ठ संगितकार सुरेश अधिकारीले धुलिखेलले नेपालमा मात्रै नभई विश्वमै कमाएको ख्यातीको गरिमालाई उच्च राख्नु पर्ने निरन्तरता दिन सुझाव दिनुभयो । चण्डस्प्रसाद श्रेष्ठ पूर्व सचिव एवं नगरपालिका स्थापना गर्न योगदान गरेवापत धुलिखेल रत्न, रोमी प्रसाद व्याञ्जु २०४३ देखि निरन्तर जनप्रतिनिधि भई सेवा गरेवापत, धुलिखेल नक्षात्र, वरिष्ठ संगितकार तथा गायक सुरेश अधिारीलाई धुलिखेल प्रज्ञाश्रि, मिरावेल होटेल म्यानेजमेन्ट प्रालिले राजश्व अभिवृद्धिमा सहयोग गरेवापत धुलिखेल सेवा श्र,ि श्री मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सिएमसी नेपाललाई धुलिखेल ताराद्धारा सम्मानित गरिएको थियो ।
नगर प्रमुख व्यञ्जुले धुलिखेल नगरपालिकाले नगरवासीको जीवनस्तर उकास्ने कार्यलाई उच्च प्राथमिकता दिएको, गरिबीको रेखामुनी रहेकाहरुलाई जीवनयापन सहज बनाउनुपर्ने कार्य गरेको, नगरले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासमा स्तरीय ढङ्गबाट कार्य निरन्तर गरेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर,पुर्व उपप्रमुख विमला शर्मा, जनप्रतिनिधिहरु, पुर्वजनप्रतिनिधिहरु, धार्मिक गुरु तथा अगुवाहरु,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,स्थानीय विद्यालयका शिक्षक तथा कर्मचारीहरु, नगरका विषयगत कार्यालय तथा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
