IMG-LOGO

फागुण १३ देखि दादुरा रुवेला खोप अभियान

 मंगल, फागुन ८, २०८०  ---

        स्वास्थ्य कार्यालय धुलिखेल काभे्रले समबन्धीत स्थानीय सरकारको स्वास्थ्य शाखा मार्फत खोप केन्द्र बाटफागुण १३ गतेदेखि  ४ दिन सम्म दादुरा रुबेला खोप अभियान ल्याएको छ । दादुरा/ रुबेला विरुद्धको राष्ट्रिय खोप अभियानकैसंगै छुट भएका अन्य नियमित खोप पनि लगाइने समन्वय समितिका सदस्य सचिव समेत रहेका स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका निमित्त प्रमुख अनिता खनालले बताउनुभएको  छ । 

        आईतबार आयोजित पत्रकार सम्मेलनमा काभे्रका १३ वटै स्थानीय सरकारका स्वास्थ्य संस्थाहरुबाट खोप अभियान सञ्चालन गर्ने कार्यतालिका तयार भएको फोकल पर्सन पदमराज कैनीले सञ्चारकर्मीलाई जानकारी दिनुभएको छ । जिल्ला समन्वय समिति काभे्रका प्रमुख दिपक कुमार गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिाकरी रुद्रादेवी शर्माको आतिथ्यता रहेके थियो । ७२ जिल्लाका ७ सय ३३ पूणर्खोप जिल्ला घोषणा भईसकेको जनाइएको छ । ९ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिाकाहरुलाई दादुरा, रुबेला खोप लगाइन्छ । काभे्रमा सो उमेरका २४ हजार बालबालिका रहेका छन् । दुई चरणमा हुने खोप अभियानकार्यक्रम महाभरत र खानीखोला गाउँपालिकाका स्वास्थ्य संस्थाबाट फागुण २३ गतेबाट खोप अभियान सुरु हुनेछ । अरु पालिकाका स्वास्थ्य संस्थामा फागुण १३ गतेबाट खोप अभियान कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालय काभे्रले जनाएको छ । श्रम शिविरमा कार्य गर्ने, बसाईसराई गरि गएका बालबालिकाहरुका लागि भने खोप सञ्चालन गर्न कठिनाई भएको बताइएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्