बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्य डा. के.वि मानन्धरको अध्यक्षतामा विद्यालयको १९औं वार्षिकोत्सव बनेपाको पार्टी भेन्युमा सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयले माघ २१ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको खेलकुद सप्ताहमा विभिन्न खेलकुदमा प्रथम, द्धितिय, र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथै एस.ई.ई. २०७९ उत्तिर्ण ३३ जना विद्यार्थीलाई विधाई समारोहमा मेयर शाक्यले मयाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालय विज्ञान संकाय पूर्व डिन प्राध्यापक डा. कनैहया झा साथै गणित विभागका प्रमुख प्राध्यापक डा. रविन्द्र कायस्थ mबलबनझभलत कअष्भलअभ का विभागिय प्रमुख डा. उमेश राजोपाध्याय, च्ःक् का प्रिन्सिपल सुमन कोख श्रेष्ठ, समाजसेवी तथा काभे्र बहिरा मा.वि का प्रिन्सिपल कृष्णप्यारी नकर्मी, बनेपा नगरपालिका वडा नं ८ की वडाध्यक्ष शुभलक्ष्मी मानन्धर, विद्यालयका प्रिन्सिपल पुनम श्रेष्ठ तथा काभे्र प्याव्सनका अध्यक्ष श्याम भुजेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्थक्रममा विद्यार्थीहरुले आ आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
