IMG-LOGO

आभाष साकोसको स्वस्थ्य परीक्षण शिविर तथा स्टेश्नरी वितरण

 मंगल, फागुन १, २०८०  ---

    आभाष बचत तथा ऋण सहकारी संस्थाले पाठेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक परीक्षण तथा रोकथाम शिविर आयोजना गरेको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर शिविर आयोजना गरिएको प्रमुख व्यवस्थापक सुवास वैद्यले जानकारी दिनुभयो । शिविरमा ४८ जनाले परीक्षण गराएका छन् । त्यसमध्ये २ जनामा क्यान्सर देखिएको छ ।

       १७ जनामा क्यान्स संक्रमणको लक्ष्य देखिएको छ । पाठेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक परीक्षण तथा रोकथाम शिविरका लागि नेपाल अष्टे«लियन सर्भाइकल क्यान्सर फाउन्डेशन र नेपाल अर्बुद रोग निवारण निवारण संस्थाले सहयोग गरेका थिए । सदस्यहरुको सुख दुःखको सहयात्री भन्ने नाराका साथ सुरु भएको सहकारीले विभिन्न सामाजिक कार्य समेत गर्दे आइरहेको छ ।

       त्यसैगरी साकोसले जनज्योति माध्यामिक विद्यालय जनागालमा प्रि–प्राइमरी देखि कक्षा १० सम्मका एक एक जना छात्राछात्रलाई शैक्षिक सामाग्रि र हरेक कक्षा कोठाको लागि एक एक थान भित्ते घडि  वितरण गरेको कुरा संस्थाका अध्यक्ष दिनेश राज कायस्थले बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्