IMG-LOGO

उग्रतारा सहकारीको स्वास्थ्य शीबिर

 मंगल, फागुन १, २०८०  ---

      उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्थाको आयोजनामा तथा मेनोपस सोसाइटी काठमाण्डौ, शीर मेमोरियल अस्पताल बनेपा,नेपाल अर्बुद रोग निबारण संस्था बनेपा र बनेपा डाइगोनोष्टिक सेन्टरको प्राबिधिक सहयोगमा संस्थाका महीला शेयर सदस्यहरुको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिंग ( जांच ) सम्बन्धी स्वास्थ्य शीबिर गत मिति २०८० माघ २० गतेका दिन संचालन गरेकोमा उक्त शीबिरमा ५६ जना महीला शेयर सदस्यहरुले जांच गराउनु भई लाभान्वित हुनु भएको थियो । उक्त कार्यक्रममा संस्थाका अध्यक्षज्यू लगायत संचालक समितिका सदस्यहरु डा. बिद्या कोख श्रेष्ठ प्रधानाङ्ग तथा दिब्येश्वरी लाखे पोटेको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमलाई सफल पार्न लायन्स क्लब अफ काभ्रे बनेपा,बनेपा लियो क्लब तथा काभ्रे बनेपा लियो क्लबका सदस्यहरुले महत्वपूर्ण सहयोगी भुमिका खेल्नु भएको थियो । संस्थाका कार्यकारी प्रमुख कृष्णभक्त थापाले उक्त कार्यक्रमको लागि लजिष्टिक सेवा पु¥याउनु भएकोमा यस किसिमको कार्यक्रम संस्थाको सामाजिक उत्तरदायीत्व अन्तर्गत नियमित गर्दै जाने बारे संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेले बताउनु भएको थियो । रक्तदान, स्वास्थ्य सेवा शिविर र जेष्ठ नागरिक सम्मान जस्ता कार्यक्रम गर्दै आएको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त थापाले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्