नेपाल हृदय रोग निवारण प्रतिष्ठान सिपाघाट उपशाखाको साधारण सभा तथा अधिबेशन सम्म्पन्न भएको छ । २०८० माघ २७ गते मण्डन देउपुर न पा ६ सिपाघाटमा सम्पन्न भेलाले नयाँ कार्यसमिति पनि चयन गरेको छ । उपशाखाको सभापतीमा दुर्गा प्रसाद ढकाल (रमेश), उपसभापति गिता सापकोटा, उपसभापतिमा संगीता सापकोटा, सचीव उत्तम लामा, कोषाध्यक्ष नवराज नेपाल सद्स्यहरुमा सिताराम श्रेष्ठ, प्रेम काजी पोटे, कमल दुलाल, चोलानाथ दुलाल, उत्तममणी ढकाल, डालप्रसाद नेपाल, श्याम श्रेस्ठ, राजाराम ढकाल, श्यामकृष्ण खड्का सहित १५ सद्स्यिय कार्यसमिती सर्वसम्मतीले चयन भएको छ । उपशाखाको सल्लाहकार कुबेर काजी श्रेष्ठको सयोजकत्त्वमा ३ सद्स्यिय सल्लाहकार समिती पनि चयन गरियो सद्स्यमा मुरारी सापकोटा, सोम प्रसाद ढकाल (कुमार) रहनुभएको छ । नवनिर्वाचित सभापति रमेशले मुटुरोगको क्षेत्रमा प्रतिष्ठान मार्फत सबै एकजुट भएर लाग्नु पर्ने र सक्रिय रुपमा प्रतिस्ठानलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
