वृहत काभे्रपलाञ्चोक जिल्ला कृषि महोत्सव २०८० लाई भव्य र सव्य बनाउन विषयगत १५ वटा उपसमितिहरु सक्रिय भएका छन् । वृहत काभे्र जिल्ला कृषि महोत्सवको संयोजक जिल्ला समन्वय समिति काभे्रका प्रमुख दिपक कुमार गौतम हुनुहुन्छ । त्यस्तै मानव श्रोत परिचालन उप समितिको संयोजकमा रिम बहादुर तामाङको अध्यक्षतामा हिजो लायकु मञ्चमा विभिन्न सरोकारवाला संघ, संस्था, संघ, संगठनका नेतृत्वसँग बसेर कृषि महोत्सवलाई भव्य र व्यवस्थित बनाउन सुझाव लिने, सक्रिय सहभागिता जनाउने सवालमा छलफल भएको थियो । गैसस काभे्रकी अध्यक्ष गंगा दोङ, बेथानचोक गाउँपालिकाका पूर्व अध्यक्ष पे्रमबहादुर तिमल्सिना, सामुदायिक रेडियो संघ काभे्रका संयोजक रमेश प्रसाद न्यौपाने, नेपाल शिक्षक संघ काभे्रका अध्यक्ष सम्भु प्रसाद घिमिरे, भालेश्वर मावि पनौतीका अध्यक्ष राजेन्द्र केसी, करुणा मार्ग टोलसुधार समितिका अध्यक्ष रत्न भक्त पोटे लगाएत त्यस्तै महिला नेतृत्व, बैठकमा जिल्ला समन्वय अधिकारी दिवाकर भुजेल लगायतले आ–आफ्नो सुझाव राख्नुभएको थियो ।
