शैक्षिक क्षेत्रको गुणस्तरीय विकासमा ईंटा थप्न सफल तेजगंगा बहुमुखी क्याम्पसको आयोजना र पनौती नगरपालिका वडा नम्बर ८ को सहकार्यमा जलवायु परिवर्तनका असर र न्युनीकरणका उपायहरु विषयक कार्यशाला सम्पन्न भएको छ । पनौती नगरपालिका वडा नम्बर ८ को कार्यालयमा भएको कार्यक्रममा १२ वटा विद्यालयका शिक्षक, विद्यार्थी, पनौती नगरपािलका वडा नम्बर ८ का जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष राजाराम शैंजुको सभापतित्व भएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्की, पनौती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बेदप्रसाद बञ्जारा, वातारण विज्ञ शुभाषचन्द्र देवकोटा र सुजित श्रेष्ठ, कार्यपालिका सदस्य चण्डिका परियार, वडा सदस्य शोभा कार्की, राजेन्द्र केसी, विश्वनाथ श्रेष्ठ, वडा सचिव राजकुमार श्रेष्ठ, सहायक क्याम्पस प्रमुख भिमसेन केसी, चन्द्रमणी काफ्ले, मुक्तिनारायण काफ्ले लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य वडा अध्यक्ष बेदप्रसाद बञ्जाराले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमबारे प्रकाश पार्दै क्याम्पस प्रमुख डा.अम्वुभवानी कार्कीले जलवायु परिवर्तनका कारण हुने क्षति धेरै सन्देश सहितको चेतनाको खाँचो रहेको बताउनुभयो । जनचेतनाको कमी रहेको बताइन् । उनले समुदायमा क्याम्पस कार्यक्रम अन्तर्गत पनौती नगरपालिकाका हरेक वडामा कार्यक्रम सञ्चालन गर्नेजनाउनुभयो । कार्यक्रममा मानसिक स्वास्थ्य, जलवायु परिवर्तन, महिला सशक्तिकरण लगायतका विषय लिएर हरेक वडामा पुग्ने जनाएको छ ।
कार्यक्रममा सामुदायीक वन विज्ञ एवं वातावरणविद् सुवासचन्द्र देवकोटाले पेट्रोलियम पदार्थको उत्खनन्, अव्यवस्थित शहरकिरण, दिगो विकास नहुनु, वातावरण र विकासमा सन्तुलन नमिल्नु, जङगल फडानी लगायतका कारण जलवायु परिवर्तनको असर भएको उल्लेख गर्नुभयो । अस्वभाविक रुपमा पृथ्वीको तापक्रम वृद्धि हुँदा वातावरणीय चक्र नै बदलिएको उनको भनाई छ । जसका कारण खाद्यान्न संकट, बाढी, पहिरो, हिमपहिरो, आगलागी जस्ता विपद्को सामना गर्नुपरेको देवकोटाले बताए । जलवायु परिवर्तनमा ठुला राष्ट्र बढी जिम्मेवार रहेको उनले बताए । वातावरण विज्ञ सुजित श्रेष्ठले जलवायु परिवर्तनका कारणहरु, जलवायु परिवर्तनका प्रभावहरुका बारेमा प्रकाश पार्नुभएको थियो ।
