धुलिखेल नगरपालिका वडा नं ८ स्थित बहल्टेश्वर महादेव निर्माण गर्नका लागि पुरुषेतम बडालको अध्यक्षतामा ११ सदस्य मन्दिर निर्माण समिति गठन भएको छ । शनिबार भएको एक भेलाले बहल्टेश्वर महादेव मन्दिर निर्माण समिति निर्माण गरिएको हो । उपाध्यक्ष शुकदेव बडाल, सचिव विष्णु बहादुर भुजेल, कोषाध्यक्ष खिलकुमारी खड्का गौतम, सदस्यहरुमा नारायण प्रसाद बडाल भैसीपाइले, प्रल्लाद बडाल, शिबप्रसाद गौतम, दिपक बडाल, सुनिता बडाल, सान्नानी भण्डारी र चन्द्रमणी गौतम रहनुभएको छ । त्यसैगरी रमेश प्रसाद न्यौपानेको संयोजकत्वमा उक्त मन्दिर निर्माण कार्यको अनुगमन समिति गठन गरेको छ । सदस्यहरु कालीप्रसाद गौतम, पार्वती केसी, केदारनाथ चौलागाई, सन्तोष ढलकोटी, केदारप्रसाद बडाल, र बिनिता बडाल रहनुभएको छ । वडाध्यक्ष बिनोद गौतमले उक्त बहल्टेश्वर महादेव मन्दिर निर्माणकै लागि वडाको बजेटमा मोटरबाटो खनेको उक्त मन्दिरलाई धुलिखेल नगरपालिका नगरप्रमुख अशोक व्याञ्जुले नगरको ६० प्रतिशत र उपभोक्ताले ४० प्रतिशत बजेटमा मन्दिर निर्माणको लागि बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको बताउनु भयो । ३ महिना अघि नगर प्रमुख अशोक व्याञ्जुले मन्दिरको शिलान्यास समेत गर्नुभएको थियो । २०८० साल दिपावलीको अवसरमा जनचेतना युवा समूहका अध्यक्ष रमेश प्रसद न्यौपानेको नेतृत्वमा देउसी भैलो खेलेर ३४ हजार ५ सय रकम संकलन गरेको कुरा संस्थाका सचिव नवराज वडालले जानकारी दिनुभयो । संस्थाका उपाध्यक्ष रमेश प्रसाद बडालका अनुसार उक्त बहल्टेश्र महादेव मन्दिरको निर्माणका लागि श्रीमाद्भावगत महायज्ञ सञ्चालन गर्ने कार्यक्रम तय भएको बताउनुभयो ।
