IMG-LOGO

बखुण्डोल बुद्ध पार्कमा ल्होछार साँस्कृतिक कार्यक्रम

 मंगल, फागुन १, २०८०  ---

       २८६० औं डुक ल्होछार कार्यक्रम विवीध साँस्कृतिक कार्यक्रम गरी मनाईएको छ । रोशी गाउँपालिका, चौरीदेउराली गाउँपालिका, र बेथानचोक गाउँपालिका त्यस्तै धुलिखेल नगरपालिकाको वडा नं ४को बखुण्डोल बुद्धपार्कमा समेत ल्होछार साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक व्यञ्जुले गर्नुभयो । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, सामाजिक अभियानता शंखरबुद्ध लामा, धुलिखेल नगरपालिका पूर्व उप प्रमुख विमला शर्मा, धुलिखेल वडा नं ४ का अध्यक्ष उत्तम तिमल्सिना, लगायतको आतिथ्यता रहेको थियो । साँस्कृतिक झाँकी, लामा गुरुको पुजापाठ, र बालकलाकारहरुको साँस्कृतिक कार्यक्रमले ल्होछार पर्व धुमधामसँग मनाएको कुरा बखुण्डोल बुद्धपार्क समितिका अध्यक्ष सत्यमान लामाले बताउनुभयो । विशाल थिङ, सुवास तामाङ, कोशीस थोकर, कर्मध्वज लुङवा र प्राप्ति ब्लोन लगायतका कलाकारहरुले गायन तथा नृत्यबाट सहभागिहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । आदिवासी जवजाति परिषद् धुलिेखेल नगरपालिका र बखुण्डोल बुद्धपार्क  समितिले कार्यक्रमको संयोजन गरेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्