पनौती उपत्यका एकीकृत विकास समाजले समाजमा उत्कृष्ट योगदान गर्ने व्यत्तित्वहरुलाई शनिबार सम्मान गरेको छ । सामाजिक कार्यमा सक्रिय रहँदै आएको पनौती उपत्यका एकीकृत विकास समाजको उक्त कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि पनौती नगरपालिका प्रमुख भिम न्यौपानेले आगामी वर्ष हुने १२ वर्षे मकर मेलालाई भव्य एवंं व्यवस्थित बनाउन अपिल गर्नुभयो । इन्द्रेश्वर माविका संस्थापक प्रधानाध्यापक स्व.हरिसुन्दर सैँजू (सुपुत्र सुनिल सैंजू), वरिष्ठ इन्जिनियर स्व. तुल्सिदास श्रेष्ठ (सुपुत्र रमेश श्रेष्ठ), इन्द्रेश्वर माविका पूर्व प्र.अ. स्व.विन्दुनाथ कर्माचार्य (धर्मपत्नि नारायण देवी कर्माचार्य), नेपाल सरकारका सहसचिव गौलोचन सैंजू (मुमा रुकमणी सैँजू), भालेश्वर मावि पनौती अध्यक्ष राजेन्द्र केसी, काभ्रेटाइम्स साप्ताहिकका प्रकाशक÷सम्पादक बरिष्ठ पत्रकार आर.एल. श्रमजीवी, समाजसेवी माधबलाल कर्माचार्य, काभ्रे सेवा समाजका अध्यक्ष केशव थापा, राष्ट्रिय लोक गायक मच्छेश्वर सापकोटा, गायक सन्तोष ताम्राकार, विक्रम सुवाल, अष्ट लामा, सुरेन्द्र श्रेष्ठ, इन्द्रेश्वर क्याम्पस समाजसेवा पूर्व अध्यक्ष अमृतमान गोछें, समाजसेवी रामचन्द्र धन्जु, रमेश काजी श्रेष्ठ, लक्षमण सुन्दर सैँजू, साहित्यकार रामसुन्दर देउजा, ध्रुब कृष्ण ताम्राकार, मध्यपुर ठिमी उपप्रमुख अञ्जना मधिकर्मी श्रेष्ठ, पर्यटन अभियन्ता विश्वनाथ उलक, सहसेनानी डा. सन्ध्या ख्वाउँजू लगायतलाई पनौतीमा विशेष कार्यक्रमका विच सम्मान गरिएको हो । समाजका अध्यक्ष हरिकृष्ण सैंजूको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पूर्व सांसद् सुशिला नेपाल, पनौती नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानी, संस्थापक अध्यक्ष लक्ष्मण सुन्दर सैंजू, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछें, काभ्रे उद्योग वाणिज्य संघका सदस्य राजेश सुन्दर सैंजू, स्थानीय उद्योगी, समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो । बालकृष्ण कर्माचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा समाजका कोषाध्यक्ष लक्ष्मीनारायण ख्वाउँजूले स्वागत मन्तव्य राख्नुभयो भने देवलक्ष्मी स्याउलाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
