IMG-LOGO

किन्डर ओलम्पिक २०८० सम्पन्न

 मंगल, फागुन १, २०८०  ---

 

       बनेपाको पोलिटेक्निकल स्कुलको फुटबल मैदानमा दोश्रो पटक काभ्रे एकता समुहको आयोजनामा ‘किन्डर ओलम्पिक २०८०’ सम्पन्न भएको छ । माघ २७ गते शनिबार उक्त समारोहको उद्घाटन बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्नशाक्यले गर्नुभयो । उहाँले किन्डर ओलम्पिक २०८० ले बालबालिकाहरुको खलकुदप्रतिको चाहानालाई परिपूर्ति गर्ने र अनुशासित हुने बताउनुभयो ।

       बनेपामा आयोजित पत्रकार सम्मेलनमा उक्त ओलम्पिकका बारेमा थप प्रष्ट पार्दै एकता किन्डर ओलम्पिकका फाईभ स्टार किन्डर विद्यालयका नेतृत्वकर्ता सविना कारंजित प्रजापति, अनिता प्रजापति, दिपा शिल्पकार, जुनु मानन्धर र नविना श्रेष्ठले किन्डर ओलम्पिकका सन्दर्भमा प्रष्ट पार्नुभएको थियो । अघिल्लो वर्ष पनि उनिहरुले यो ओलम्पिक पहिलो पटक बनेपामा आयोजना गरेका थिए । ओलम्पिकमा यो वर्ष १९ विद्यालयका ५ सय ७२ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन् भने करिब १ हजार ५ सय अभिभावकहरुले सहभागिता जनाएकाछन् ।

       सहभागि विद्यार्थीहरु सबैलाई ओलम्पिक टिर्सट, प्रमाणपत्र, मेडल, ट्रफि प्रदान गरिनेछ । बनेपामा आयोजित पत्रकार सम्मेलनमा ओलम्पिक आयोजक काभ्रे एकता समुहकी सदस्य सविना कारंजित प्रजापतिले सानै उमेरमा बालबालिकाहरुलाई खेलकुद प्रति जागरुकता ल्याउने, विभिन्न विद्यालयका साथीहरुसँग एकै ठाउँमा खेल्नका लागि खेल मैदान उपलध गराउन, बालबालिकाहरुको शारीरिक, सामाजिक र मानसिक विकासको लागि अवसर प्रदान गर्न तथा आर्थिक सामाजिक रुपमा पछि परेका तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाहरुका लागि कोष खडा गर्ने बताईन् । २०६८ साल देखि अर्लिचाइल्डहुड एडुकेशन टिचर्स एशोसिएसनले राजधानीमा निरन्तर ओलम्पिक आयोजना गरिरहेको छ । ओलम्पिकमा जिल्लाका अर्किड, बेलर किडस क्यास्टल, काभ्रे सेकेन्डरी स्कुल, इशा मेमोरियल, प्रगति प्रभात, ज्ञानज्योती अंग्रेजी सेकेन्डरी स्कुल, पालिस्ताm नाईटिङ्गेल र स्प्रिङ्ग हिल विद्यालयका विद्यार्थीहरु समुह ए मा छन् भने समुह वि मा डिस्कभरी मन्टेश्वरी, किडजोन मन्टेश्वरी, आरएमएस किन्डरगार्टेन, बेलर इन्टरनेशनल, इनोभेटिभ एकेडेमी, ग्रेसल्याण्ड, ज्ञानकुन्ज, मिराकल मन्टेश्वरी, काभ्रे सेकेन्डरी स्कुल ‘वि’ र वे टु विईज्डम विद्यालयका विद्यार्थीहरु सहभागिरहेका छन् ।

       ‘जित्नु भन्दा सहभागिता महत्वपुर्ण छ’ भन्ने मुख्य उदेश्य सहित ओलम्पिकमा नर्सरी कक्षाबाट १० जना, एलकेजी कक्षाबाट १४ जना र युकेजीबाट १६ जना गरी ४० जना एउटा विद्यालयबाट सहभागिता रहेको जनाइएको छ । ओलम्पिकमा सहभागि विद्यार्थीहरु मध्ये एउटा स्कुलका एक जना विद्यार्थीले उमेर समुह अनुसार पिक एण्ड ड्रप, ट्राभल रेस, नृत्य, पिटी, तेक्वान्दो, परेड तथा विभिन्न विद्यामा सहभागिता जनाउनेछन् । बालबालिकाहरुले खेलको माध्यमबाट एक अर्कामा थाहा नपाउँदो तरिकाले प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेका छन् । कार्यक्रममा बनेपा वडा नं ८ की अध्यक्ष शुभलक्ष्मी मानन्धरको आतिथ्यता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्