IMG-LOGO

काभ्रे इङ्गलिश माध्यमिक विद्यालयको रजत ज्यन्ती

 मंगल, फागुन १, २०८०  ---

 

       काभ्रे इङ्गलिश माध्यमिक विद्यालय पनौतिले रजत जयन्ती विविध कार्यक्रम सहित बिहीबार मनाएको छ । काभ्रे शिक्षा विकास प्रतिष्ठानद्धारा सञ्चालित  विद्यालयको कार्यक्रमको उद्घाटन धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठले गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका सदस्य शान्तिराज कायस्थको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पुस्तक लोकार्पण, पुरस्कार वितरण, शिक्षक, विद्यार्थी सम्मान तथा साँस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उप–प्रमुख गिता बञ्जारा, वडाअध्यक्षहरु, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, प्याब्सन जिल्ला अध्यक्ष श्यामबहादुर भुजेल, विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव रामशरण लुइटेल, सहायक प्रिन्सिपल सन्तकुमार श्रेष्ठ , विभिन्न विद्यालयका प्रमुख एवं प्रतिनिधि, विद्यार्थी, अभिभावक, शुभचिन्तकहरुको बाक्लो  उपस्थिती रहेको थियो । विद्यालयका प्रिन्सिपल बसन्तराज नेपालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कक्षा १२ सम्म अध्यापन भइरहेको विद्यालयमा ११ सय जना विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्