IMG-LOGO

बनेपा नगरको भौतिक प्रगति २८ प्रतिशत

 मंगल, फागुन १, २०८०  ---

 

             बनेपा नगरपालिकाको अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ । बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यको आतिथ्यतामा, उप–प्रमुख विमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाँई, वडा अध्यक्षहरु, शाखा प्रमुख लगायतको उपस्थितीमा आर्थिक वर्ष २०८०÷८१ मा सम्पादीत कार्यक्रमहरुको अर्धवार्षिक समिक्षासम्पन्न गरेके छ । आर्थिक वर्ष २०८०÷८१ को पहिलो ६ महिनाको अवधिमा बनेपा नगरपालिकाले ३२.४४ प्रतिशत रकम खर्च गरेको छ । चालु तर्फ ३६.५७ र पुँजीगत खर्च २८.२९ प्रतिशत रकम खर्च भएको हो । बनेपा नगरपालिकामा १ अर्ब ४२ करोड ९६ लाख २० हजार बजेट विनियोजन भएकोमा ४६ करोड ३८ लाख ७९ हजार ९ सय २२ रुपैयाँ मात्रै खर्च भएको छ । चालु बजेट ७० करोड, ५९ लाख ८ हजार बजेट रहेकोमा २५ करोड ८१ लाख ७५ हजार ५ सय ६१ रुपैयाँ खर्च भएको छ । यस्तै पुँजीगत बजेट ७१ करोड १२ लाख १२ हजार विनियोजन भएकोमा २० करोड ५७ लाख ४ हजार ३ सय ६० रुपैयाँ खर्च भएको छ ।

             क्षेत्रगत रुपमा आर्थिक विकासतर्फ ८.०९ प्रतिशत, सामाजिक विकासमा ३३.५४ प्रतिशत, पुर्वाधार विकासमा ३४.५४ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्रमा २०.९३, कार्यालय सञ्चालन तथा प्रशासनीक खर्च ३२.४४ प्रतिशत खर्च भएको तथ्यांक सार्वजनिक भएको छ । वडा नम्बर १० ले सबैभन्दा बढी चालुतर्फ ५४.५९ र पुँजीगत तर्फ ५८.०८ प्रतिशत खर्च गरेको छ । सबैभन्दा कम खर्च वडा नम्बर १३ मा भएको छ । समिक्षा गोष्ठीमा कानुन अधिकृत श्याम कृष्णा त्रिपाठीले न्यायीक समितिमा २५ वटा निवेदन दर्ता भएको जानकारी दिनुभयो  । त्यसमध्ये ६ वटा फर्छ्यौट भएको छ । प्रशासन सहायक यादव खनालका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा जन्मदर्ता ३ सय ६२, मृत्युदर्ता, १ सय ६०, सम्बन्ध विच्छेद १९, विवाहदर्ता २०३, बसाई सरी आएको ४८, बसाई सरी जाने २३ वटा व्यक्तिगत घटना दर्ता भएको बताउनुभयो ।

             जनस्वास्थ्य निरिक्षक महेश्वरकाजी श्रेष्ठले ६० वर्षमाथीका नगरवासीका लागि दन्त शिविर सञ्चालन गरिएको, हरेक महिना मानसिक स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको जानकारी दिए । आधुनिक मौरीपालन तालिम, मौरीको घार वितरण, तरकारी कौसीखेती तालिम, माटो परीक्षण तथा कृषि चुन वितरण लगायतका कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले गरेका कार्यहरु शाखा प्रमुख विजया सुवेदी, राजश्व शाखा र कृषि शाखाको राजश्व अधिकृत मोहनलाल श्रेष्ठ, शिक्षा शाखा प्रमुख देवराज निरौला, योजना शाखा प्रमुख एवं प्रधानमन्त्री रोजगार कार्यक्रमका योजना अधिकृत संगम भुजेल, पशुसेवा शाखाका रामसुन्दर सापकोटा, लेखा शाखा विनोद हुमागाँई लगायतले आफ्नो शाखा अनतर्गत कार्यक्रमका योजनाका बारेमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रमको संचालन प्रशासकीय अधिकृत धु्रवराज नेपालले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्