IMG-LOGO

आभाष साकोसको स्वास्थ्य शिविर कार्यक्रम

 मंगल, माघ २३, २०८०  ---

 

उद्योगी व्यवसायीहरुद्धारा सञ्चालित आभास बचत तथा ऋण सहकारी संस्था लि बनेपाले सदस्यहरुको आर्थिक, साँस्कृतिक र सामाजिक आवश्यकतालाई परिपूर्ति गर्दै आर्थिक  स्तर वृद्धिको कार्य गर्दै आएको छ । विश्व  क्यान्सर दिवसको अवसरमा आइतबार आभाष साकोस र नेपाल अर्बुद्द रोग निवारण संस्था काभे्र शाखाको आयोजनामा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी प्रारम्भीक परीक्षण तथा रोकथाम शिविर सम्पन्न गरेको कुरा संस्थाका अध्यक्ष दिनेशाज कायस्थले जानकारी दिनुभयो । शिविरमा ४८ जनाको स्वास्थ्य परीक्षण, १७ जनालाई इन्फेक्सनको औषधी वितरण र २ जनाको क्यान्सर भएको उपचार गरेको संस्थाका प्रमुख व्यवस्थापक सुवास वैद्यले जानकारीे दिनुभयो । एक जना महिलाको आङ्ग खसेको समेत उपचार गरिएको संस्थाले जनाएको छ । नेपाल अबुद्र्ध रोग निवारण संस्था काभे्रका  सभापति नेपाल सुधार भैलले उक्त स्वास्थ्य शिविरमा शरमेमोरियल अस्पतालका डाक्टर र नर्सहरुको सक्रियातामा उपचार गरिएको र संस्थाले क्यान्सर रोगको उपचारको व्यवस्थित कक्ष निर्माण गरी नागरिकहरुको स्वास्थ्य उपचारमा सम्वेदनसिल भई लागी परको उल्लेख गर्नुभयो । आभाष साकोसले हरेक वर्ष छात्रवृति, स्वास्थ्य शिविर, र छोरी अभियानमा  आर्थिक रकम उपलब्ध गराउँदै आएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्