चैत्र १६ गतेनेपाल पत्रकार महासंघका ६६ औ स्थापना दिवस सम्पन्न भएको छ । महासंघ नयाँ नेतृत्व चनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको अवस्थालाई ध्यान दिँदै विगतमा जस्तै विविध कार्यक्रम आयोजना भएन। स्थापना दिवसको दिन हिजो चैत्र १६ गते केन्द्रमा महासंघका पूर्व अध्यक्षसहितका पदाधिकारीहरुसँग भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । यसअघि नेपाल पत्रकार महासंघमा ओली सरकार समर्थित पत्रकार बाहेक विभिन्न १३ पत्रकार संघ संगठनले पाँचबुँदे समझदारी गरेका छन् । आगामी चैय्ता २५ गते नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न राजनीतिक पार्टी र स्वतन्त्ररुपमा सक्रिय संगठनले पाँचबुँदे प्रतिबद्धतासहित समझदारी गर्दै संयुक्त विज्ञप्ति जारी गरेका हुन् । महान्घमा १३ गथाबन्धनाले बिपुल पोखरेललाइ अध्यक्षमा उठाएका छन् भने निर्मला शर्मा लाइ सरकार पक्षिय उम्मेदवार भनिएको छ । स्वतन्त्रमा गजेन्द्र बुढाथोकी पनि अध्यक्षमा उठेका छन्। बिभिन्न जिल्लामा पार्टीका संचार भगिनी सस्थाको केन्द्रय सर्कुलर बमोजिम चल्ने निश्चित छ । काभे जिल्लामा अहिले सम्म कुनै पक्ष र पत्रकारले उम्मेदवार घोषणा गरेका छैनन तर केन्द्रमा लेखा समिति सदस्यमा नारायण सापकोटा केन्द्रिय सदस्यमा रमा दाहाल र बसन्त श्रेष्ठले उम्मेद्वारी दिएका छन् ।
नेपाल पत्रकार महासंघको आसन्न प्रत्यक्ष निर्वाचनमार्फत महासंघका तीन वटै तहमा विचार, आस्थासहित उत्पीडित क्षेत्र, लैगिंक जाति र भाषागतरुपमा पूर्ण समावेशिताको ग्यारेण्टीका लागि दवावको लागि राष्ट्रिय अभियान चलाउने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
यस्ता छन् पाँच बुँदे समझदारी
१. नेपाल पत्रकार महासंघको आसन्न प्रत्यक्ष निर्वाचनमार्फत महासंघका तीनवटै तहमा विचार, आस्थासहित उत्पीडित क्षेत्र, लैंगिक जाति र भाषागत रुपमा पूर्ण समावेशिताको ग्यारेण्टीका लागि दबाबसहितको राष्ट्रिय अभियान चलाउने ।
२.महासंघलाई श्रमजीवी पत्रकार र स्वरोजगारकर्मीहरुको अभिभावक संस्थाको रुपमा स्थापित गर्न पहल गर्ने, साथै साना तथा स्वरोजगार मिडिया र ‘नयाँ मिडिया’को संरक्षण र प्रवर्धनमा निर्णायक भूमिका निर्वाह गर्ने।
३. श्रमजीवी पत्रकारको पेशागत, भौतिक, सामाजिक एवं अर्थ सुरक्षाका लागि महासंघको जारी आन्दोलनलाई अझ उन्नतस्तरमा उठाउन हाम्रा संगठनका सबै तह र निकायलाई परिचालन गर्ने, मुद्दामा सहमत सबै संघ संगठनसँग दीर्घकालीन सहकार्य गर्दै दबाबमूलक अभियान चलाउने ।
४. पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी, नागरिकका राजनीतिक, सामाजिक, सांस्कृतिक अधिकारको ग्यारेण्टी, मिडियामैत्री कानून निर्माण र श्रमजीवी मैत्री ऐन बनाउन एवं सञ्चार क्षेत्रलाई पारदर्शी, आत्मनिर्भर, विश्वसनीय बनाउन पहल गर्ने ।
५. महासंघलाई साझा बनाउन सबै संघ संगठनको अनिवार्य सम्मानित प्रतिनिधित्व हुने गरी सबै संगठनलाई प्रतिबद्धताका लागि आव्हान गर्ने । संघ संगठनका तर्फबाट नेतृत्वदायी भूमिकामा सुनिश्चित गराउन अन्य सबै संघ संगठनसँग वार्ता–संवाद थाल्ने ।
