बनेपा, एकता बचत तथा ऋण सहकारी संस्था लि बनेपाले आफ्नो १७औं स्थापना दिवसको अवसरमा विद्या आश्रमका जेष्ठ नागरिकलाई खाद्य सामाग्री लताकपडा र पौष्टिक आहार वितरण गरेको छ । प्राणनाथ माइती वृद्ध आश्रम पनौतीका जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बिच खाद्यसामाग्री र लत्ता कपडा वितरण गरिएको संस्थाका अध्यक्ष स्वयमकाजी पोटेले जानकारी दिनुभयो । स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, उद्यमी व्यवसायीलाई ऋण प्रवाह जस्ता कार्यक्रम संस्थाले निरन्तर गर्दै आएको कुरा संस्थाकी प्रवन्धक सर्मिला प्रधानले बताउनुभयो । दुई दर्जन जेष्ठ नागरिकहरुलाई खाद्य सामाग्री, पौष्टिक आहार वितरण कार्यक्रममा संस्थाका कार्यसमिति, लेखा समिति र उप समितिका पदाधिकारीहरुको सहभागीता रहेको संस्थाले जनाएको छ ।
