IMG-LOGO

गाँजा सहित तीन जना प्रहरी नियन्त्रणमा

 मंगल, माघ २३, २०८०  ---

 

       काभे्रको पनौतीबाट २८५ किलो गाँजा सहित एक महिला र दुई पुरुष पक्राउ परेका छन् । हिजो बिहान पनौती नगरपालिका ५ आईटि पार्क स्थित पनौती बनेपा सडक खण्डमा  सवारी चेक जाँच गर्ने क्रममा बा ६ च २९६ नंको डिआई गाडिमा चेकजाँच गर्दा उक्त गाडीमा लोड गरी ल्याएको अप्रशोधित गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चालक ३५ वर्षिय बुद्धमान तामाङ, २० वर्षिय संजिब तामाङ,  ५३ वर्षिय  बिमला तामाङ रहेका छन् । २८५ किलो गाँजा, गाडी सहित ३ जना लाई नियन्त्रणमा लिई ईलाका प्रहरी बनेपामा ल्याई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्