IMG-LOGO

काँठु गणेशको स्थापना दिवसमा रक्तदान

 मंगल, फागुन २२, २०८०  ---

       बनेपा, काठु गणेश बचत तथा ऋण सहकारी संस्था लि बनेपाको २१ औं स्थापना दिवसको अवसरमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाइटि काभे्र शाखाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा २६ जना रक्तदाताले रक्तदान गर्नुभएको कुरा प्रवन्धक सुजन मानन्धरले जानकारी दिनुभयो । रेडक्रस काभे्रका सभापति रघुनाथ हुमागाइको आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष हरिगोपाल मानन्धर, निवर्तमान अध्यक्ष त्रिरत्न राजवहाक र संस्थाका कार्यसमिति , उपसमितिको समेत उपस्थिति रहेको थियो । संस्थाका सेयर सदस्य जसले रक्तदान गर्नुभयो उहाँहरुलाई संस्थाको ५ कित्ता शेयर र प्रमाणपत्र पद्रान गरिएको थियो । रेडक्रस काभे्र सभापतिले हाल सम्म १ सय ७ औं पटक रक्तदान गर्नुभएको समेत बताइएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्