IMG-LOGO

पिपुल्स साकोसको कार्यकौशलता सिकाई कार्यशाला

 मंगल, फागुन २२, २०८०  ---

       बनेपा÷पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना एवं व्यवस्थापनमा साकोसका अध्यक्ष निरन शाक्यको अध्यक्षतामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (एच्इद्यब्त्क्ष्इल्) को बाग्मती पाँचौ समुहको चौथो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी थापाले राष्ट्रिय सहकारी बैंक माथि त्यसपछि नेफ्स्कून अरव मात्र नभइ खरबमा कारोबार गर्न सक्ने बन्नु पर्ने भन्दै ठूला परियोजनामा लगानी गर्न सक्ने हुनुपर्ने बताए । सहकारीले सदस्यको आर्थिक कृयाकलापमा ठूलो टेवा दिएको उनको भनाई थियो ।

       कार्यशाला गोष्ठिमा संस्था सबलीकरण, तरलता पर्याप्त रहेको, प्रविधि मैत्रि बन्नुपर्ने, कोपोमिस तथा नयब्ःीअनिवार्य नियमित रिर्पोटिङ्, कर्जा जोखिम कोषको पर्याप्त व्यवस्था, स्थिरीकरण कोषमा योगदान तथा सदुपयोग तथा अन्य विविध बिषयका कार्यपत्र माथी छलफल गरिएको थियो । गोष्ठीमा नेफ्स्कूनका सहायक कार्यक्रम अधिकृत गणेश प्रसाद तिमल्सिना, सदस्य सेवा कार्यालय बनेपाका प्रमुख राम प्रसाद सापकोटा, नेफ्स्कूनका वरिष्ठ अधिकृत एवं कार्यशालाका सहजकर्ता भरत प्रसाद न्यौपाने, प्रतिनिधि संस्थाको तर्फबाट परिश्रमी साकोसका व्यवस्थापक मोहन डाँगी लगायतले सहकारीका बारेमा धारण राखेका थिए ।

       कार्यशालामा स्वागत मन्तव्य आयोजक साकोसका अध्यक्ष तथा कार्यशालाका सभापति निरन शाक्यले र कार्यक्रम सञ्चालन संस्थाका उपाध्यक्ष तथा प्रोवेसन कार्यदल संयोजक पवनराज कर्णजितले गरेका थिए । कार्यशालामा पिपुल्स साकोस काभ्रेपलाञ्चोक, उद्यम विकास साकोस काभ्रेपलाञ्चोक, सक्षम साकोस काभ्रेपलाञ्चोक, परिश्रमी साकोस काठमाडौं, युगवाणी साकोस काठमाडौं, गंगबु सिद्धि साकोस काठमाडौ, झझल्को साकोस भक्तपुर, टल्कु साकोस काठमाडौ, बजरंगबली साकोस काठमाडौ गरी ९ वटा संस्थाका समिति, उपसमिति, कर्मचारी र अन्य संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यशालामा प्राविधिक सुझाव सम्बन्धमा र आगामी पाँचौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला मिति २०८१ बैशाख १५ गते शनिबार गंगबु सिद्धि साकोस काठमाडौंको आयोजना तथा व्यवस्थापनमा गरिने गरी समापन गरिएको आयोजक संस्थाका प्रबन्धक नवराज सापकोटाले बताए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्