IMG-LOGO

आमाबुबाविहिन बालबालिकाको लागि संरक्षण कार्यक्रम

 मंगल, फागुन २२, २०८०  ---

       बनेपा नगरपालिकाले नगरपालिका भित्र रहेको विभिन्न कारणले आमाबुबा गुमाएका १८ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई आमाबुबाविहिन बालबालिकाको लागि संरक्षण कार्यक्रम अन्तरगत सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बागमती प्रदेशबाट प्राप्त रु दुई हजारमा नगरपालिकाको तर्फबाट एक हजार थप गरी आमाबुबा विहिन २० हजार बालबालिकालाई बनेपा नगरका नगरप्रमुख शान्तिरन्त शाक्य र उप प्रमुख विमला सापकोटा दाहालले संयूक्त रुपमा भक्ता वितरण गर्नुभएको हो ।

       बनेपा नगरपालिकाका प्रमुख शान्तिरन्त शाक्यले बागमती प्रदेशबाट प्राप्त रु दुई हजारमा नगरपालिकाको तर्फबाट एक हजार थप गरी मासिक रु तीन हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी दिनुभयो । सो क्रममा उहाँले बालबालिकालाई प्राप्त रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्दै अध्ययनमा ध्यान दिन आग्रह गर्नुहुँदै भविष्यमा आफू सफल हुनका लागि पढ्नुपर्छ र राम्रो बानी व्यहोरा बनाउनुपर्छ भन्नेमा जोड दिनुभयो ।

       सो क्रममा १८ वर्ष भन्दा मुनिका नगरपालिकाको वडा नं २ बाट तीन, वडा नं ३ बाट दुई, वडा नं ४ बाट एक, वडा नं ६ बाट एक, वडा नं ७ बाट एक, वडा नं ८ बाट एक, वडा नं १० बाट दुई, वडा नं ११ बाट ४, वडा नं १२ बाट वडा नं १३ बाट तीन गरी २० जनालाई ६ महिनाको जनही रु अठार हजारको दरले रकम वितरण गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख विजय सुवेदिले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई, नगरका विषयगत कर्मचारी, लगायतको उपस्थिति रहेको थियो ।  

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्